१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ?

१४ पुष २०८१, आईतवार १६:२१

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेचन्याको ग्रोज्नीतर्फ उडान भरेको अजरबैजान एयरलाइन्सको विमान रुसको हवाई क्षेत्रमा प्रवेश गरेपछि दुर्घटना भएको भन्दै माफी मागरेका छन् ।

पुटिनले माफी मागे पनि त्यसमा रुसको कुनै हात नरहेको बताएका छन् । अमेरिकाले अजरबैजान एयरलाइन्स विमान दुर्घटनामा रुसी हात रहेको आरोप लगाइरहँदा पुटिनले माफी मागरेका हुन् ।

रुसी राष्ट्रपति कार्यलयका अनुसार विमानले ग्रोज्नीमा अवतरण गर्न खोज्दा रुसको वायु रक्षा प्रणाली सक्रिय रहेको पुटिनले बताएका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभसँग फोन वार्तामा उनले माफी मागेका हुन् । ‘रुसी हवाई क्षेत्रमा भएको दुःखद घटनाको लागि माफी चाहन्छु । विमानले बारम्बार ग्रोज्नीको एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको थियो । एकै समयमा ग्रोज्नी, मोजडोक र भ्लादिकाभकाजका क्षेत्रहरुका युक्रेनी सेनाको ड्रोनद्धारा आक्रमण गरिएको थियो । त्यसैले रुसको वायू रक्षा प्रणालीमा असर परेको थियो,’ राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

विमानस्थलमा पुग्न नसकेपछि विमान पूर्व दिशातर्फ मोडिएर कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको थियो । विमानमा अजरबैजान, रुस, काजाकिस्तान र किर्गिस्तानका मानिस सवार थिए । बाँचेका मध्ये दुई बालबालिका पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का