२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ?

२०८१, १४ पुष आईतवार १६:२१

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेचन्याको ग्रोज्नीतर्फ उडान भरेको अजरबैजान एयरलाइन्सको विमान रुसको हवाई क्षेत्रमा प्रवेश गरेपछि दुर्घटना भएको भन्दै माफी मागरेका छन् ।

पुटिनले माफी मागे पनि त्यसमा रुसको कुनै हात नरहेको बताएका छन् । अमेरिकाले अजरबैजान एयरलाइन्स विमान दुर्घटनामा रुसी हात रहेको आरोप लगाइरहँदा पुटिनले माफी मागरेका हुन् ।

रुसी राष्ट्रपति कार्यलयका अनुसार विमानले ग्रोज्नीमा अवतरण गर्न खोज्दा रुसको वायु रक्षा प्रणाली सक्रिय रहेको पुटिनले बताएका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभसँग फोन वार्तामा उनले माफी मागेका हुन् । ‘रुसी हवाई क्षेत्रमा भएको दुःखद घटनाको लागि माफी चाहन्छु । विमानले बारम्बार ग्रोज्नीको एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको थियो । एकै समयमा ग्रोज्नी, मोजडोक र भ्लादिकाभकाजका क्षेत्रहरुका युक्रेनी सेनाको ड्रोनद्धारा आक्रमण गरिएको थियो । त्यसैले रुसको वायू रक्षा प्रणालीमा असर परेको थियो,’ राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

विमानस्थलमा पुग्न नसकेपछि विमान पूर्व दिशातर्फ मोडिएर कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको थियो । विमानमा अजरबैजान, रुस, काजाकिस्तान र किर्गिस्तानका मानिस सवार थिए । बाँचेका मध्ये दुई बालबालिका पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल