२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पसँगको वार्तापछि पुटिनले युक्रेनमा युद्ध रोक्न राखे यस्ता सर्त

२०८१, ६ चैत्र बुधबार ११:४८

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा युद्ध रोक्ने बारेमा टेलिफोन वार्ता भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि उनी ऊर्जा पूर्वाधारमा मात्र आक्रमण रोक्न सहमत भएका छन् ।

ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनसँग गरेको एक महिना लामो युद्धविराममा पुटिनले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

उनले युक्रेनसँग विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भएमा मात्र युद्धविराम सम्भव हुने बताए ।

यद्यपि, युक्रेनका युरोपेली सहयोगीहरूले पहिले नै यस्ता सर्तहरूलाई अस्वीकार गरिसकेका छन् ।

तीन वर्ष लामो युद्धमा रूसले हालै ६ महिनाअघि युक्रेनी आक्रमणको क्रममा कब्जा गरेको कुरुस्क क्षेत्रको भूभाग फिर्ता लिइरहेको छ ।

गत हप्ता साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा युक्रेनले ३० दिनको अमेरिकी युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो । सोही विषयमा ट्रम्प र अमेरिकाबीच फोनवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार