२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत सरकारको आग्रहमा एक्सले ८ हजार खाता बन्द गर्ने

२०८२, २६ बैशाख शुक्रबार १६:१०

काठमाडौँ । सामाजिक सञ्जाल माध्यम एक्सले भारतका आठ हजार खाता बन्द गरेको बताएको छ । अप्रिल २२ मा भारतको कश्मीरमा २६ जना पर्यटकको हत्यापछि भारत–पाकिस्तान तनावको अवस्थामा छन् । सोही पृष्ठभूमिमा एक्सले भारत सरकारको आग्रहमा ती खाता बन्द गराएको बीबीसीले जनाएको छ ।

बन्द गरिएका सामाजिक सञ्जाल खातामा पाकिस्तानका टेलिभिजन च्यानल डन तथा जियो टिभीलगायत धेरै पाकिस्तानी पत्रकारको खाता रहेको बताइएको छ ।
“आदेश पालना गर्दै हामी ती खाता भारतमा मात्र रोक्नेछौँ । हामीले त्यो प्रक्रिया सुरु गरिसकेका छौँ । तर, हामी भारत सरकारको मागसँग सहमत छैनौँ,” एक्सले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलमा एक पोस्ट गर्दै भनेको छ ।

खाताहरू रोक्ने निर्णय सजिलो नभएको बताउँदै एक्सले यो सञ्जाल अन्य भारतीयका लागि पहुँचयोग्य बनाइराख्न आदेशको पालना गरिएको बतायो । साथै सरकारले रोक्न दिएको आदेश अनावश्यक र सेन्सरसिपको जस्तै भएको उसले बतायो । एलन मस्कको स्वामित्वमा रहेको यो प्लेटफर्मले सम्भावित सबै कानुनी विकल्प खोजिरहेको बताएको छ ।

एक्सले यसअघि नै भारत सरकारविरुद्ध अर्को अदालती मुद्दा लडिरहेको छ । प्रधानमन्त्री मोदी सरकारले कानुनको दुरुपयोग गरी सञ्जालका सामग्रीमा सेन्सरसिप गराएको आरोपसहित मुद्दा दायर गरिएको हो । यसैबीच, भारत सरकारप्रति आलोचनात्मक विचार राख्ने वेबसाइट द वायरले भारतको आईटी मन्त्रालयको आदेशमा इन्टरनेट सेवा प्रदायकले उनीहरूको वेबसाइट रोकेको दाबी गर्दै यसलाई खुल्ला सेन्सरसिप भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट