2026-09-26 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध, सम्पादक भन्छन्-‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ

भारत सरकारले चर्चित अनलाइन मिडिया ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध लगाएको छ । शुक्रबारदेखि भारतभरबाट द वायरको  वेबसाइटमा पहुँच अवरुद्ध गरिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले भारतको सूचना प्रविधि ऐन, २००० अन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयको आदेशअनुसार उक्त वेबसाइट ब्लक गरिएको जनाएका छन् । द वायरले सरकारको यो कदमलाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन भन्दै सामाजिक सञ्जालमा कडा विरोध जनाएको छ । द वायरले वक्तव्यमा लेखेको छ, “भारतका लागि अत्यन्तै संवेदनशील समयमा सत्य, विवेकपूर्ण, निष्पक्ष र तर्कसंगत आवाजहरूलाई दबाउने यस्तो सेन्सरशिपको हामी विरोध गर्छौं ।”

भारतमा वेबसाइट ब्लक गरिएको यो घटना पछिल्ला महिनामा सञ्चारमाध्यममाथिको प्रतिबन्धको तेस्रो उदाहरण हो । यसअघि फेब्रुअरीमा तमिल भाषाको म्यागेजिन विकटनको वेबसाइट प्रधानमन्त्री मोदीमाथि व्यङ्ग्यात्मक कार्टुन प्रकाशन गरेपछि बिना पूर्वसूचना ब्लक गरिएको थियो । सो कदमविरुद्ध विकटनले मद्रास उच्च अदालतमा मुद्दा हालेपछि प्रतिबन्ध हटाउने आदेश आएको थियो । त्यस्तै, केही दिनअघि मात्रै केरलामा आधारित स्वतन्त्र मिडिया संस्था मक्तुब मिडिया को एक्स अकाउन्ट कानुनी मागका आधारमा भारतमा रोकिन पुगेको थियो । यसको विरोधमा संस्थापक सम्पादक अस्लाह कायालक्कथले यसलाई ‘प्रेस स्वतन्त्रतामाथिको हमला’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए । द वायरले सरकाको प्रतिबन्धविरुद्ध आवश्यक कानुनी कदम चाल्ने बताएको छ । “हामी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणबाट विचलित हुने छैनौं,” द वायरले वक्तव्यमा लेखेको छ ।

यसैबिच द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “कम्तीमा दुईवटा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरूलाई द वायर वेबसाइट पहुँच गर्न नसकिने कारण सरकारले उक्त साइट ब्लक गर्न आदेश दिएको बताएका छन् । भारतका केही पाठकहरूले भने ब्लक गर्ने आदेश पूर्ण रूपमा लागू नहुञ्जेलसम्म http://thewire.in सिधै पहुँच गर्न सक्ने सम्भावना छ । द वायर भारतमा भीपीएन मार्फत पूर्ण रूपमा पहुँच योग्य छ, त्यसैले ‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ । विदेशमा रहेका पाठकहरूले पनि हामीलाई सजिलै पहुँच गर्न सक्छन्, र हामी चाँडै नै एउटा मिरर साइट सुरु गर्दैछौं ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह