३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रपति ट्रम्पलाई कतारले करिब ४० करोड अमेरिकी डलरको हवाइजहाज उपहार दिने

२९ बैशाख २०८२, सोमबार १५:३१

काठमाडौँ । खाडी देश कतारले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हवाइजहाज उपहार दिने भएको छ। एजेन्सीहरुका अनुसार ट्रम्प कतारको उक्त उपहार लिने योजनामा देखिएका छन्।

रोयटर्सका अनुसार कतारी राजपरिवारले ट्रम्पलाई बोइङ ७४७–८ विमान उपहार दिनलागेको हो। सो विमानलाई पछि एयरफोर्स वानका रुपमा प्रयोग गर्न सकिने बताइएको छ। यदि अमेरिकी सरकारले यो विमान स्वीकार गरेमा त्यो अहिलेसम्मकै महँगो उपहार हुनेछ।

विमान पछि ट्रम्पको कार्यकाल सकिएपछि राष्ट्रपतीय पुस्तकालयलाई दान गरिनेछ। हाल नयाँ बोइङ ७४७–८ को मूल्य करिब ४० करोड अमेरिकी डलर पर्छ। आफ्नो ट्रुथ सोसल एकाउन्टमा ट्रम्पले उपहारबारे स्वीकार गरेका छन्। त्यसमा उनले अमेरिकी रक्षा विभागले कुनै शुल्कविनाको, उपहारको रुपमा ७४७ विमान पाउन लागेको उल्लेख गरेका छन्।

यद्यपि विपक्षी दलहरुले भने यस्तो उपहार लिन नहुने तर्क गर्दै आएका छन्। ट्रम्प चाँडै मध्यपूर्वका देशहरूको भ्रमणमा निस्किँदै छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट