२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा विषादीयुक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु

२०८२, ३० बैशाख मंगलवार १२:४६

काठमाडौँ । भारतमा विषाक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु भएको छ। पञ्जाबमा प्रहरीका अधिकारीहरूले अमृतसर जिल्लामा विषादीयुक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु भएको हो । त्यसका साथै ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरको मजीठामा यो घटना भएको हो।

अमृतसरका एसएसपी मनिन्दर सिंहले भने, ‘हामीलाई हिजो राति करिब ९:३० बजे जानकारी प्राप्त भयो कि यहाँ नक्कली रक्सी सेवनका कारण मानिसहरूको मृत्यु हुन थालेको छ । हामीले तत्काल कारबाही गर्‍यौँ र मुख्य सप्लायर परबजीत सिंहसहित ४ जनालाई हिरासतमा लिएका छौँ ।’

१४ जनाको मृत्यु पुष्टि भइसकेको र ६ जना अझै अस्पतालमा उपचाररत रहेको उनले बताए । यो घटना भंगाली, पातालपुरी, मरारी कलाँ, थेरेवाल र तलवण्डी घुम्मन गाउँमा भएको हो ।

एसएसपीका अनुसार पञ्जाब सरकारले नक्कली रक्सी आपूर्तिकर्ताहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ। अमृतसरका डिप्टी कमिश्नर साक्षी एसका अनुसार स्वास्थ्य टोलीहरू ती पाँच गाउँहरूमा घर–घर गई लक्षणहरूको परीक्षण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी