४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेर आफै वार्तामा नजाने भए पुटिन

२ जेष्ठ २०८२, बिहीबार ११:४६

काठमाडौँ । युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आफै भने वार्तामा नजाने भएका छन्। पुटिनले तेस्रो पक्षको मध्यस्थतामा भन्दा प्रत्यक्ष वार्ताबाट समस्या समाधान गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रस्ताव गरेका थिए।उनले बिहीबार टर्कीको इस्तानबुलमा वार्तामा बस्ने प्रस्ताव गरेका थिए।

युक्रेनलाई प्रत्यक्ष वार्ता गरेर पुटिन आफै भने इस्तानबुल नजाने भएको क्रेमिलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। इस्तानबुल जाने वार्ता टोलीमा राष्ट्रपति पुटिनको नाम नरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। क्रेमलिनले तयार पारेको सूचीमा वार्ता टोलीको नेतृत्व पुटिनका मुख्यमध्येका सहयोगी तथा देशका सुप्रिम काउन्सिल ब्युरोका सदस्य भ्लादिमिर मेडिन्स्कीले गर्ने भनिएको छ।

युक्रेनबाट राष्ट्रपति भोलोदिमर जेलेन्स्की नेतृत्वकै प्रतिनिधिमण्डल जाने सम्भावना उच्च थियो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पुटिनले वार्ताको प्रस्ताव गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई उक्त प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए। सोही अनुसार जेलेन्स्कीले इस्तानबुलमा बिहीबार वार्ता गर्ने पुटिनको प्रस्तावलाई स्वीकार गरेका थिए। वार्तामा दीगो शान्ति स्थापना र युद्धका मुख्य कारण पहिल्याएर त्यसको समाधान खोज्ने भनिएको थियो।

मंगलबार जेलेन्स्कीले वार्तामा युद्धविराम बाहेकका विषयमा छलफल नहुने बताएका थिए। लगत्तै पुटिनले पनि नयाँ युद्धविरामबारे छलफल हुनसक्ने भनेका थिए। तर युद्धको मुख्य कारण प्राथमिकतामा रहने भनेका थिए। पुटिन आफै वार्तामा नजाने भएपछि इस्तानबुलका प्रस्तावित वार्ता नै अनिश्चित बनेको सिएनएनले जनाएको छ। जेलेन्स्कीले आफू इस्तानबुल आउन तयार भएको तर रुसबाट पुटिन आफै सहभागी हुनुपर्ने बताएका थिए। उनले रूसका अरू प्रतिनिधिहरूलाई नभेट्ने पनि बताएका थिए। ‘रूसको सबै कुरा पुटिनमा निर्भर रहन्छ,’ उनले भनेका थिए।

खाडी मुलुकको भ्रमणमा रहेका ट्रम्पले युक्रेन र रूसको वार्तामा दबाब दिँदै परिस्थितिवश आफू सहभागी हुन नसकेको भनेका छन्। उनले आफ्नो उपस्थितिमा जेलेन्स्की र पुटिन दुवै खुशी हुने दाबी गरेका छन्। जेलेन्स्कीले वार्तामा ट्रम्प उपस्थित भए युक्रेन कृतज्ञ हुने भनेर ट्रम्पको भनाइमा सहमति जनाए। तर प्रस्ताव गरे आफै वार्तामा नजाने भएपछि पुटिनको झुलाउने रणनीति पुनः एकपटक देखिएको बताए। यसले उनी शान्तिको पक्षमा नरहेको देखिएको पनि सिएनएनले लेखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की