२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘अपरेसन सिन्दूर’ ट्रेलर मात्र थियो,जो जारी छ रोकिएको वा साकिएको हैन’ :भारतका रक्षामन्त्री सिंह

२०८२, ३ जेष्ठ शुक्रबार १५:४९

काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानविरुद्धको ‘अपरेसन सिन्दूर’ ट्रेलर मात्र भएको र जारी रहेको बताएका छन्। गुजरातको भुज एयरबेसमा सैनिकहरूलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले अपरेसन सिन्दूर अझै नसकिएको बताएका हुन्।

उनले भने, ‘अपरेसन सिन्दूर अझै सकिएको छैन। जे भयो त्यो केवल ट्रेलर थियो। सही समय आएपछि हामी संसारलाई पूरा फिल्म देखाउनेछौँ।’ रक्षामन्त्री सिंहले भारतीय सैनिकहरूले अपरेसन सिन्दूरमा चमत्कारी गरेको भन्दै भारतलाई विश्वमै गौरवको पात्र बनाएको बताए।

यस क्रममा उनले ‘अपरेसन सिन्दूर’ नाम प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको पनि बताए। उनले भने, ‘अब यो स्पष्ट भएको छ- आतंकवाद र पाकिस्तान सरकारबीच घनिष्ठ सम्बन्ध छ। यस अवस्थामा त्यहाँ आणविक हतियार छन् भने ती आतंकवादी तत्त्वका हातमा पर्ने सम्भावना नकार्न सकिँदैन।’ राजनाथ सिंहले थपे, ‘यो भारतका लागि मात्र नभई सम्पूर्ण विश्व र पाकिस्तानका आम जनताका लागि पनि गम्भीर खतरा हो।’

गत अप्रिल २२ तारिख जम्मु-कश्मीरको पहलगाममा २६ जनाको हत्या गर्दै भएको आतंकवादी हमलापछि एकअर्काविरुद्ध सैन्य आक्रमण गरिरहेका भारत र पाकिस्तानबीच मे १० साँझदेखि युद्धविराम सहमति भएको छ। तर त्यसयता पनि दुई देशबीचको टकराब साम्य भइसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी