२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालसँगको सीमामा भारतको २४ घण्टा निगरानी,करिब ३३-३७ पाकिस्तानीहरू घुसपैठ गर्न सक्ने आशंका

२०८२, ९ जेष्ठ बिहीबार १२:२७

अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा लगभग ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू छन् । उनीहरू कुनै न कुनै रूपमा भारत प्रवेश गर्ने प्रयासमा भएको भन्दै भारतीय समाचार संस्थाहरूले समाचार छापेका छन् ।

स्रोतका अनुसार यिनीहरूले लखनउ, वाराणसी, अयोध्या र मथुरालाई निशाना बनाउन सक्छन् । सुरक्षालाई ध्यानमा राख्दै बहराइचदेखि बलरामपुरसम्मको नेपाल सीमामा १ हजार ५०० थप एसएसबी कर्मचारी तैनाथ गरिएको छ । एसएसबी ४२ औँ बटालियनले सीमा क्षेत्रमा दोहोरो गस्ती बढाएको छ । यस अन्तर्गत सेनाले गस्ती गरिरहेको छ । थप सावधानी अपनाउन सो क्षेत्रमा एउटा चौकी पनि स्थापना गरिएको छ । नेपालबाट आउने र जाने हरेक व्यक्तिको परिचयपत्र जाँच भइरहेको छ । एसएसबीले सीसीटीभीमार्फत सीमा क्षेत्रको निगरानी गरिरहेको बताइएको छ ।

एसएसबी र प्रहरीको संयुक्त टोलीले सीमामा २४ सै घण्टा निगरानी गरिरहेको बलरामपुरका एएसपी योगेश कुमारले बताए । गाउँ सुरक्षा समितिहरूलाई पनि सक्रिय पारिएको भनिएको छ । जारवा कोतवालीका इन्चार्ज इन्स्पेक्टर गोविन्द कुमारले सीमा क्षेत्रमा पीएससी जवान, प्रहरी र एसएसबीले संयुक्त रूपमा गस्ती गरिरहेको बताए । सिमानामा सीसीटीभीमार्फत पनि निगरानी भइरहेको बताइएको छ । गुरुङ नाका चौकीबाट आवतजावत रोकिएको छ । नेपालसँग सीमा जोडिएका सबै जिल्लामा सतर्कता जारी

घुसपैठको सम्भावना रहेको भन्दै नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको महाराजगन्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, श्रावस्ती, पिलिभित र लखिमपुर खेरीमा पनि अलर्ट जारी गरिएको छ । नेपालमा ३३ देखि ३७ जना बङ्गलादेशी र पाकिस्तानीहरू रहेको र सबैजना घुसपैठ गर्न खोजिरहेको भन्दै नेपालसँगको सीमामा २४ घण्टा गस्ती बढाइएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट