२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालसँगको सीमामा भारतको २४ घण्टा निगरानी,करिब ३३-३७ पाकिस्तानीहरू घुसपैठ गर्न सक्ने आशंका

९ जेष्ठ २०८२, बिहीबार १२:२७

अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा लगभग ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू छन् । उनीहरू कुनै न कुनै रूपमा भारत प्रवेश गर्ने प्रयासमा भएको भन्दै भारतीय समाचार संस्थाहरूले समाचार छापेका छन् ।

स्रोतका अनुसार यिनीहरूले लखनउ, वाराणसी, अयोध्या र मथुरालाई निशाना बनाउन सक्छन् । सुरक्षालाई ध्यानमा राख्दै बहराइचदेखि बलरामपुरसम्मको नेपाल सीमामा १ हजार ५०० थप एसएसबी कर्मचारी तैनाथ गरिएको छ । एसएसबी ४२ औँ बटालियनले सीमा क्षेत्रमा दोहोरो गस्ती बढाएको छ । यस अन्तर्गत सेनाले गस्ती गरिरहेको छ । थप सावधानी अपनाउन सो क्षेत्रमा एउटा चौकी पनि स्थापना गरिएको छ । नेपालबाट आउने र जाने हरेक व्यक्तिको परिचयपत्र जाँच भइरहेको छ । एसएसबीले सीसीटीभीमार्फत सीमा क्षेत्रको निगरानी गरिरहेको बताइएको छ ।

एसएसबी र प्रहरीको संयुक्त टोलीले सीमामा २४ सै घण्टा निगरानी गरिरहेको बलरामपुरका एएसपी योगेश कुमारले बताए । गाउँ सुरक्षा समितिहरूलाई पनि सक्रिय पारिएको भनिएको छ । जारवा कोतवालीका इन्चार्ज इन्स्पेक्टर गोविन्द कुमारले सीमा क्षेत्रमा पीएससी जवान, प्रहरी र एसएसबीले संयुक्त रूपमा गस्ती गरिरहेको बताए । सिमानामा सीसीटीभीमार्फत पनि निगरानी भइरहेको बताइएको छ । गुरुङ नाका चौकीबाट आवतजावत रोकिएको छ । नेपालसँग सीमा जोडिएका सबै जिल्लामा सतर्कता जारी

घुसपैठको सम्भावना रहेको भन्दै नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको महाराजगन्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, श्रावस्ती, पिलिभित र लखिमपुर खेरीमा पनि अलर्ट जारी गरिएको छ । नेपालमा ३३ देखि ३७ जना बङ्गलादेशी र पाकिस्तानीहरू रहेको र सबैजना घुसपैठ गर्न खोजिरहेको भन्दै नेपालसँगको सीमामा २४ घण्टा गस्ती बढाइएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव