२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीन,पाकिस्तान र अफगानिस्तानबीच सहमति,शान्ति र विकासको निम्ति बीआरआई काबुलसम्म विस्तार गर्ने

२०८२, ९ जेष्ठ बिहीबार १३:१०

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमति जनाएका छन् ।

इस्लामावादस्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीपीईसीसम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री-परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठकपछि गरिएको हो । दार बेइजिङको तीन दिने भ्रमणमा छन् । यो भारतले पाकिस्तान र अधिकृत कश्मीर (पीओके) मा आतंकवादी केन्द्रहरूलाई लक्षित गरी ‘अपरेसन वर्मिलियन’ सुरू गरेपछि पहिलो उच्चस्तरीय वार्ता हो । बैठकपछि ‘एक्स’ मा दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि एकसाथ खडा छन् ।’

उनले तीन नेता एकसाथ रहेको तस्बिर पनि सेयर गरेका छन् । ‘हामीले कूटनीतिक सहकार्य बढाउन, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा तीन देश सहयोगलाई गहिरो बनाउन एकजुट भएको पनि उल्लेख छ । ‘तीन देश ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउँदै चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन,’ विज्ञप्तिमा भनिएको छ ।

तर, यसबारेमा भारतले भने पाकिस्तान प्रशासित कश्मीर (पीओके) हुँदै ६० अर्ब अमेरिकी डलरको उक्त परियोजना निर्माणको विरोध गरिरहेको छ । विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै आपासी सुविधाजनक मितिमा काबुलमा गर्ने सहमति पनि भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट