४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीन,पाकिस्तान र अफगानिस्तानबीच सहमति,शान्ति र विकासको निम्ति बीआरआई काबुलसम्म विस्तार गर्ने

९ जेष्ठ २०८२, बिहीबार १३:१०

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमति जनाएका छन् ।

इस्लामावादस्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीपीईसीसम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री-परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठकपछि गरिएको हो । दार बेइजिङको तीन दिने भ्रमणमा छन् । यो भारतले पाकिस्तान र अधिकृत कश्मीर (पीओके) मा आतंकवादी केन्द्रहरूलाई लक्षित गरी ‘अपरेसन वर्मिलियन’ सुरू गरेपछि पहिलो उच्चस्तरीय वार्ता हो । बैठकपछि ‘एक्स’ मा दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि एकसाथ खडा छन् ।’

उनले तीन नेता एकसाथ रहेको तस्बिर पनि सेयर गरेका छन् । ‘हामीले कूटनीतिक सहकार्य बढाउन, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा तीन देश सहयोगलाई गहिरो बनाउन एकजुट भएको पनि उल्लेख छ । ‘तीन देश ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउँदै चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन,’ विज्ञप्तिमा भनिएको छ ।

तर, यसबारेमा भारतले भने पाकिस्तान प्रशासित कश्मीर (पीओके) हुँदै ६० अर्ब अमेरिकी डलरको उक्त परियोजना निर्माणको विरोध गरिरहेको छ । विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै आपासी सुविधाजनक मितिमा काबुलमा गर्ने सहमति पनि भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट