२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोदीले भने :‘अब आणविक हमलाको धम्की चल्दैन,यस्ता हमलालाई युद्धको कारबाही मानिनेछ’

९ जेष्ठ २०८२, बिहीबार १३:२३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गरेका छन् । उनले उक्त सम्बोधनका क्रममा ‘अप्रेशन सिन्दूर’को लामो व्याख्यासहित भारतीय सेनाको प्रशंसा गरे ।

‘अप्रिल २२ तारिखको हमलाको जवाफ हामीले २२ मिनेटमै दियौँ । आतंककारीहरूका ९ ठूला ठेगाना ध्वस्त पार्यौँ’, उनले भने, ‘संसार र देशका दुश्मनहरूले पनि जब सिन्दूर बारुद बन्छ, त्यसको परिणाम के हुन्छ भन्ने देखेका छन् ।’ प्रधानमन्त्री मोदीले आतंककारीहरूले हमला गरेपछि भारत सरकारले देशका तीनवटै सेनालाई कारबाहीका लागि खुला छूट दिएको बताए। त्यसपछि ती तीन सेनाले बनाएको रणनीतिसामु पाकिस्तान घुँडा टेक्न बाध्य भएको उनले जिकिर गरे ।

उनले फेरि एकपटक आफ्ना तीन कुरा दोहोर्‍याउँदै भने, ‘अब आणविक हमलाको धम्की चल्दैन । यस्ता कुनै पनि हमलालाई युद्धको कारबाही मानिनेछ, त्यसका लागि भारतले आफ्नै तरिकाले जवाफ दिनेछ ।’

प्रधानमन्त्रीमेटाउन निस्केकाहरू नै मेटिएका बताए । ‘तिनीहरूलाई हामीले माटोमा मिसायौं। जो सोच्थे भारत चुप बस्नेछ, जो आफ्ना हतियारमा घमण्ड गर्थे, आज उनीहरू भग्नावशेषको थुप्रोमा पुरिएका छन्’, उनले भने, ‘मेरा प्रिय देशवासीहरू, यो बदला होइन । यो न्यायको नयाँ रूप हो। यो ‘अप्रेशन सिन्दूर’ हो। यो केवल आक्रोश होइन ।’

उनले राजस्थानको वीरभूमिले भारतवासीलाई देश र देशवासीभन्दा ठूलो केही नहुने सिकाएको बताए । ‘अप्रिल २२ तारिखमा आतंककारीहरूले धर्म सोधी सोधी निर्दोषहरूलाई मारेर सिन्दूर उजाडिदिए’, उनले भने, ‘हमला पहलगाममा भएको थियो, तर त्यसको पीडा पूरै देशले महसुस गर्यो। त्यसपछि देशभर आतंकवादलाई जरैदेखि समाप्त पार्ने अठोट बन्यो । हाम्रो सेनाले दिएको जवाफले पाकिस्तान घुँडा टेक्न बाध्य भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव