२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युट्युबमा सर्वाधिक रुचाइएका मिस्टरबिस्ट २७ वर्षकै उमेरमा सेल्फमेड बिलिनियर बन्न सफल

१० जेष्ठ २०८२, शुक्रबार १५:४१

काठमाडौं । युट्युबमा सबैभन्दा धेरै पछ्याइएका सेलिब्रेटी मिस्टरबिस्ट २७ वर्षकै उमेरमा अर्बपति बनेका छन् । सेलिब्रेटी नेटवर्थका अनुसार उनी सबैभन्दा कान्छा ‘सेल्फमेड बिलिनियर’ बने । उनले १ अर्ब डलरको सम्पत्ति कमाएका छन् । उनी भाइरल भिडियो, मिस्टरबिस्ट बर्गर र फिस्टेबल्स जस्ता व्यावसायिक उद्यम तथा प्रमुख परोपकारी कार्यका लागि परिचित छन् ।

मिस्टरबिस्टले भाइरल भिडियोबाहेक अन्य क्षेत्रबाट पनि प्रभावशाली आम्दानी गरिरहेका छन् । सन् २०२० मा, उनले मिस्टरबिस्ट बर्गर सुरु गरे, जुन डेलिभरी फास्ट-फूड चेन थियो जसले आफ्नो प्रसिद्धीको चरमचुलीमा प्रतिमहिना २.३ मिलियन डलर आम्दानी गर्ने जनाइएको छ । उनले फेस्टेबल्स नामक चकलेट कम्पनीको पनि स्थापना गरे जसले सुरुवाती महिनाहरूमा १० मिलियन डलरभन्दा बढी आम्दानी गर्‍यो । मिस्टरबिस्टले क्रिएटिभ जुससँग मिलेर जुस फन्ड्सको सह-स्थापना पनि गरे, जसले बढ्दो कन्टेन्ट क्रिएटर्सको लागि २ लाख ५० हजार डलरसम्मको कोष प्रदान गर्दछ ।

मिस्टरबिस्टले आफू बित्नुअघि सबै पैसा दान गर्ने बारम्बार वाचा गरेका छन्, र यसलाई आफ्नो जीवनको लक्ष्य ‘धेरै पैसा कमाउने, र त्यसपछि सकेसम्म धेरै राम्रो गर्दै सबै दान गर्ने’ बताएका छन् । उनले ब्रेकआउट क्रिएटर, युट्युबर अफ द इयर (२०२०) जस्ता अवार्ड जितेका छन् र सन् २०१९ मा सर्टी अवाड्र्समा भ्लगर अफ द इयरको रूपमा मनोनित भएका थिए ।

जिमी डोनाल्डसनको जन्म मे ७, १९९८ मा उत्तरी क्यारोलिनाको ग्रिनभिलमा भएको थियो । उनले १२ वर्षको उमेरमा ‘मिस्टरबिस्ट६०००’ नामक युट्युब ह्याण्डलबाट करिअर थालेका थिए । ग्रिनभिल क्रिश्चियन एकेडेमीबाट स्नातक गरेपछि, उनले पूर्ण समय सामग्री सिर्जना गर्ने निर्णय गरे, आफ्नो बढ्दो अनलाइन उपस्थितिमा ध्यान केन्द्रित गर्न कलेज छोड्ने निर्णय गरे ।

उनले मिस्टरबिस्ट, बिस्ट रियाक्ट्स, मिस्टरबिस्ट गेमिङ, मिस्टरबिस्ट फिलान्थ्रोपीसहित धेरै युट्युब च्यानल संचालन गरिरहेका छन् । यी सबै युट्युब च्यानललाई सामूहिकरुपमा ४१ करोड ५० लाख भन्दा धेरैले सब्सक्राइब गरेका छन् । उनको मुख्य च्यानलमा मात्र २७ करोड सदस्य छन् । यो च्यानल विश्वमै सर्वाधिक पछ्याइने च्यानल हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने