२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूस विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये अग्रस्थानमा छ :राष्ट्रपति पुटिन

११ जेष्ठ २०८२, शनिबार १४:२३

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये अग्रस्थानमा रहेको बताएका छन्।

शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै उनले रुसीी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय बजार माअझै उल्लेखनीय माग देखिएको दाबी गरेका हुन्। उनले भने, ‘रुसले अझै पनि विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर छ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले यो मन्तव्य सैनिक-प्रविधिक सहकार्यसम्बन्धी बैठकमा दिएका हुन्। टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उनले सन् २०२४ मा रुसले प्रायः सबै हतियार निर्यातसम्बन्धी प्रतिबद्धता पूरा गरेको बताए।

उनले थपे , ‘रुसी सैन्य उत्पादनको माग निकै उच्च रहेको र हाल अर्बौँ डलर बराबरको अर्डर छ।’ उनले सम्बन्धित सरकारी निकायलाई हतियार निर्यातमा वृद्धि गर्न आवश्यक नीतिगत पहल तथा राज्यीय समर्थन कार्यक्रम अघि बढाउन निर्देशन पनि दिए।

राष्ट्रपतिले पुटिनले भने, ‘रुसी सैनिक उपकरण तथा हातहतियारूमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य-औद्योगिक क्षेत्रको मुख्य दायित्व भनेको रुसको विशेष सैन्य अभियानलाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो।’

यस क्रममा उनले रुसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको र यसले गर्दा निर्यात विस्तारको सम्भावना अझ बलियो हुँदै गएको जिकिर गरे।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव