२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतको केन्द्रीय बैंकद्वारा वृद्धिलाई बढावा दिन अपेक्षाभन्दा बढी दर कटौती

२४ जेष्ठ २०८२, शुक्रबार १२:०९
काठमाडौँ । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ ।
भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ ।
अधिकांश विश्लेषकले २५ आधार अङ्कको कमीको अपेक्षा गरेका थिए ।
यो कटौती यसको लगातार तेस्रो थियो र मार्चमा समाप्त भएको आर्थिक वर्षमा भारतको अर्थतन्त्र चार वर्षको सबैभन्दा सुस्त गतिमा विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको एक हप्तापछि आएको हो ।
जनवरी–मार्च त्रैमासिकले पुनरुत्थानका सङ्केतहरू देखाएको भए पनि पूर्वानुमानभन्दा राम्रो सात दशमलव चार प्रतिशत वार्षिक वृद्धिसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक व्यापक भन्सार शुल्कले दृष्टिकोणमा जोखिम सिर्जना गरेको विश्लेषकहले बताएका छन् ।
मूल्यको चिन्तालाई कम गर्न आरबिआईलाई वृद्धिमा ध्यान केन्द्रित गर्न अनुमति दिएको छ । अप्रिलमा खुद्रा मुद्रास्फीति छ वर्षको न्यून तीन दशमलव १६ प्रतिशतमा झरेको छ ।
आरबिआईका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले वृद्धि गतिलाई बढावा दिन नीतिगत साधनहरूमार्फत ‘घरेलु उपभोग र लगानी’ लाई उत्प्रेरणा दिन जारी राख्नु ‘अत्यावश्यक’ रहेको महसुस गरेको बताउनुभयो ।
आरबीआईले लगभग पाँच वर्षमा पहिलोपटक फेब्रुअरीमा दर कटौती गरेको थियो र त्यसपछि अप्रिलमा अर्को कटौती गरेको थियो ।
भारत सरकारले औसतभन्दा बढी मनसुनी वर्षाको पूर्वानुमान गरेको छ । यसले पर्यवेक्षकहरूका अनुसार विकासलाई मद्दत गर्नुपर्छ किनकि उच्च कृषि उत्पादनले ग्रामीण अर्थतन्त्रलाई सहयोग गर्नेछ र तरकारीको मूल्य स्थिर राख्नेछ ।
तर ट्रम्पको संरक्षणवादी नीतिहरूले वृद्धिको दबाब बढाउन सक्छ ।
नयाँदिल्ली उत्पादन गर्ने शक्तिशाली केन्द्र नभए पनि अमेरिकी भन्सार शुल्कले इलेक्ट्रोनिक्स, रत्न र गहना तथा समुद्री खानासहित विभिन्न क्षेत्रमा अर्बौं डलरको भारतीय निर्यातलाई हानि पुर्‍याउने विशेषज्ञहरूले बताएका छन् ।
भारतले वासिङ्टनसँग व्यापार सम्झौताको पहिलो चरणमा काम गरिरहेको छ र वार्ताकारहरूले विगत तीन महिनामा धेरै पटक भ्रमण गरेका छन् ।
ह्वाइट हाउसले भारतलाई कृषि उत्पादन र अटोमोबाइल लगायत विभिन्न उत्पादनमा कर घटाउन दबाब दिइरहेको बेला नयाँदिल्लीले कपडा र जुत्ता जस्ता श्रम–गहन निर्यातका लागि बढी पहुँचको माग गरिरहेको स्थानीय मिडिया रिपोर्टहरूले बताएका छन् ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले यस हप्ता दुई देशबीचको व्यापार सम्झौता ‘निकट भविष्यमा’ हुने अपेक्षा गरिएको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला