२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह: अमेरिकी विदेशमन्त्री

२०८२, ९ असार सोमबार १२:१२

काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गर्नुभएको छ ।

तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ।

रुबियोले फक्स न्यूजसँग भन्नुभएको छ, “म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । खासगरी, इराक कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ होर्मुजको प्रयोग हुनेगर्छ र यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ ।”

विश्लेषकहरूले इरानले वासिङ्टनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेट बन्द गर्न सक्ने बताएका छन्।

विदेशमन्त्री रुबियोले भन्नुभयो, “यदि इरानले हर्मज मार्ग रोक्ने बाटो अपनायो भने यो अर्को भयानक गल्ती हुनेछ । इरानी शासकले हर्मुज स्ट्रेटमा आवागमनलाई रोक्नु उनीहरूको लागि आर्थिक सङ्कट निम्त्याउने कडी बन्न सक्छ । हामीसँग यसको सामना गर्ने विकल्पहरू छन् ।“

उहाँले भन्नुभयो, “तर अन्य देशले पनि यसलाई हेर्नुपर्छ, यसले अन्य देशको अर्थतन्त्रलाई हाम्रो भन्दा धेरै नराम्रो असर पार्नेछ। मलाई लाग्छ, यसले सङ्कटग्रस्त विश्व अर्थतन्त्रलाई थप समस्यातर्फ धकेल्नेछ ।”

यसैबीच इरानले अमेरिकी सेनाले प्रयोग गर्ने अखडालाई धम्की दिएको छ भने इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकारले ती अखडालाई ‘आफ्नो (इरानको) सशस्त्र बलको वैध निशाना’ मानिने बताउनुभएको छ ।

यद्यपि, अमेरिकी आक्रमणले तेहरानलाई द्वन्द्व कम गर्न वा यसलाई अझ फराकिलो बनाउन प्रेरित गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी नै छ ।

चीनले अमेरिकी आक्रमणको निन्दा गर्दै रुस र अरब राष्ट्रहरुको समूहलाई साथ दिँदै यसले मध्यपूर्वमा तनाव बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट