२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हडताल समाप्त भएपछि बङ्गलादेशको सबैभन्दा ठूलो बन्दरगाह पुनः सञ्चालनमा

१६ असार २०८२, सोमबार १६:५०
भन्सार अधिकारीहरूले करिब ४८ घण्टासम्म सामानको निर्यात र आयातमा बाधा पुर्‍याएको हडताल फिर्ता लिएपछि बङ्गलादेशको सबैभन्दा ठूलो बन्दरगाहले सोमबार पुनः सञ्चालन सुरु गरेको छ ।
संयुक्त कर आयुक्त र एनबिआर सुधार एकता परिषद्की सचिव सेहेला सिद्दिकाले चटगाँव र अन्य सबै बन्दरगाहमा गतिविधिहरू पुनः सुरु भएको पुष्टि गर्नुभयो ।
“बन्दरगाहहरू अहिले पूर्ण रूपमा सञ्चालनमा छन् र देशभर सञ्चालन भइरहेका छन्”, सिद्दिकाले भन्नुभयो, “सबै कर्मचारी काममा फर्केका छन् ।”
देशको कर सङ्कलन प्राधिकरण राष्ट्रिय राजस्व बोर्ड (एनबिआर) का कर्मचारीहरूको एउटा वर्गले एजेन्सीमा सुधार गर्ने अन्तरिम सरकारको कदमको विरोधमा एक महिनाभन्दा बढी समयदेखि विरोध प्रदर्शन गर्दै आएको छ ।
सरकारको प्रस्तावमा एनबिआर खारेज गरेर कर नीति निर्माण र कर सङ्कलनलाई नियन्त्रण गर्न दुईवटा छुट्टै निकाय स्थापना गर्ने समावेश छ ।
सप्ताहन्तमा, केही एनबिआर कर्मचारीले भन्सार लगायत विभिन्न विभागमा काम रोक्दै ‘पूर्ण बन्द’ सुरु गरे । सरकारले कडा कारबाहीको धम्की दिएपछि कामदारहरूले काम पुनः सुरु गरे ।
व्यापारिक समूहहरूको मध्यस्थतामा एनबिआर कर्मचारी र अर्थ मन्त्रालयबीच घण्टौँको गहन वार्तापछि आइतबार राति गतिरोध समाप्त भयो ।
एनबिआरका वरिष्ठ अधिकारी हसन मुहम्मद तारिक रिकाबदारले सरकारको सकारात्मक प्रतिबद्धतापछि हडताल फिर्ता लिएको बताउनुभयो ।
“राजस्व व्यवस्थापनमा सुधारका लागि सल्लाहकार समिति गठन गर्ने सरकारको निर्णयलाई हामी स्वागत गर्दछौँ र यसमा सक्रिय रूपमा सहभागी भएर प्रक्रियामा योगदान गर्ने आशा गर्दछौँ”, उहाँले आइतबार राति पत्रकारहरूलाई भन्नुभयो ।
यसैबीच, भ्रष्टाचार निवारण आयोग (एसिसी) ले गैरकानूनी सम्पत्ति जम्मा गरेको आरोपमा रिकाबदार सहित छ जना एनबिआर अधिकारीविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
उनीहरूमाथि घुसको बदलामा कर छली गर्नेहरूलाई सहयोग गरेको आरोप लगाइएको छ ।
“प्रमाणित आरोपहरूका आधारमा, एसिसीले अनुसन्धान सुरु गर्‍यो”, एसिसी महानिर्देशक एमडी अख्तर होसेनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला