२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युनाइटेड एयरलाइन्सको उडान अचानक रोकियो, हजारौँ यात्री अलपत्र

२३ श्रावण २०८२, बिहीबार ११:३०

काठमाडौँ | अमेरिकाको युनाइटेड एयरलाइन्सले बुधबार अचानक धेरै उडान रोकेको छ । उडान रोकिँदा हजारौँ यात्रीले असुविधाको सामना गर्नुपरेको एनडीटीभीले जनाएको छ ।

कम्पनीले यो कदम प्राविधिक समस्याका कारण भएको जनाएको छ । युनाइटेड एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्राविधिक समस्याका कारण हामीले हाम्रा मुख्य उडानहरूलाई प्रस्थान विमानस्थलमा स्थगन गरेका छौँ । साँझसम्म थप उडानमा ढिलाइ हुनसक्छ । यात्रीहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामी उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन हरसम्भव प्रयास गर्नेछौँ ।”

अमेरिकाको उडान नियन्त्रण गर्ने संस्था संघीय उड्डयन प्रशासन (एफएए)ले पनि युनाइटेडका उडानलाई रोक लगाउने आदेश दिएको छ । यो रोक डेनभर, नेवार्क, ह्युस्टन र सिकागोजस्ता ठूला विमानस्थलमा लागु गरिएको छ ।

अमेरिकाको उड्डयन सेवामा समस्या आएको यो पहिलोपटक भने होइन । गएको महिना अलास्का एयरलाइन्समा प्राविधिक समस्याका कारण उडान घण्टौँसम्म रोकिएका थिए ।

यो वर्ष नेवार्क विमानस्थलमा धेरैपटक हवाई यातायात नियन्त्रण प्रणालीमा खराबी आएको छ । गएको जनवरीमा वासिङटननजिकै एक यात्री विमान र सैन्य हेलिकोप्टर ठोक्किँदा दर्जनौँ व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला