२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पसँग भेट्ने तयारीमा पुटिन, अमेरिकाले राख्यो सर्त

२४ श्रावण २०८२, शुक्रबार १३:५८

काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)मा आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न सक्ने बताएका छन् । तर, ह्वाइट हाउसका एक अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार भएमात्र ट्रम्पसँग भेट्न सम्भाव हुने बताएका छन् ।

अमेरिकाले रुसमाथि युक्रेनमा जारी युद्ध अन्त्य गर्न ठोस कदम चाल्न दबाब दिइरहेका बेला पुटिनको घोषणा आएको हो । युद्ध अन्त्य गर्न ठोस कदम नचाले रुसमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी छ ।

नाम नखुलाउने सर्तमा ह्वाइट हाउसका एक अधिकारीले शुक्रबार रुसमाथि नयाँ प्रतिबन्ध लगाइन सक्ने बताएका छन् । पुटिन जेलेन्स्कीसँग भेट्न तयार नभएन अमेरिका र रुसबीच प्रस्तावित भेट हुने छैन ।

राष्ट्रपति पुटिनले जेलेन्स्कीसँग भेट्नमा आपत्ति नभएको तर केही सर्त पूरा हुनुपर्ने बताउँदै आएका छन् । रुस र युक्रेनका प्रतिनिधिबीचको वार्तामा कुनै ठोस नतिजा निस्किएमात्र पुटिन र जेलेन्स्कीबीच भेट सम्भव हुने रुसको भनाइ छ ।

पुटिनले यूएईलाई सम्भावित भेट्ने स्थानको रूपमा उल्लेख गरेका भए पनि ह्वाइट हाउसले बिहीबार बिहानसम्म कुनै स्थान वा समय तय नभएको बताएको छ ।

अमेरिका र रुसले एक्लै संवाद गरे आफ्नो माग सम्बोधन नहुने डर युक्रेनलाई छ । जेलेन्स्कीले युक्रेनलाई समर्थन प्राप्त गर्न धेरै युरोपेली नेतासँग फोनमा कुराकानी गरेको बताएका छन् । युरोपेली देशहरूले रुसको आक्रमणको विरोध गर्दै युक्रेनलाई समर्थन गर्ने वाचा गरेका छन् ।

यसैबीच, पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले जेलेन्स्कीलाई ट्रम्प–पुटिन भेटमा समावेश गर्ने कुनै मनसाय नभएको यस अघि बताएका थिए । तर, ह्वाइट हाउसले ट्रम्प यस विषयमा विचार गर्न तयार छन् । उशाकोभले उनीहरूको ध्यान ट्रम्प र पुटिनबीचको द्विपक्षीय भेटको तयारीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला