२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रपति मादुरोलाई पक्राउ गर्न मद्दत गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने घोषणा

२०८२, २४ श्रावण शुक्रबार १५:३६

काठमाडौँ | अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई ५ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्‍याएको बीबीसीले जनाएको छ ।

अमेरिकी प्रशासनले मादुरोलाई ‘विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करहरूमध्ये एक’ भएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आउनुभएको छ ।

गएको जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किनु भए पनि अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति मादुरो लागूपदार्थको तस्करीमा प्रत्यक्ष रूपमा संलग्न भएको भन्दै पहिले घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार अब दोब्बर गरिएको बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकाको नयाँ घोषणलाई ‘अर्थहीन’ भन्दै यसलाई ‘राजनीतिक प्रचार’ का रूपमा वर्णन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट