रियाद (साउदी) | साउदी अरवले सनिवार आफ्नो .."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रियाद (साउदी) | साउदी अरवले सनिवार आफ्नो .."/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा पहिलो पटक देखियो यस्तो …

८ आश्विन २०७४, आईतवार १९:१५

रियाद (साउदी) | साउदी अरवले सनिवार आफ्नो फाउंडेसन डेको ८७ औं बर्षगाठ मनाएको छ । यो पटकको बर्ष गाठ साउदीको लागि बिशेष रह्यो, किनकी पहिलो पटक यहाँ महिलाहरु स्टेडियममा भईरहेको कन्सर्टमा प्रवेश हुन पाएका छन् । यहाँ राष्ट्रिय दिवसको अवसरमा सरकार तथा अन्यले कयौं कार्यक्रम गरेका थिए । 

साउदीको राजधानी रियादस्थित किंग फहद इंटरनेशनल स्टेडियममा एक कन्सर्टको आयोजना भएको थियो, जहाँ यो पटकको दृश्य अन्य बर्षको भन्दा बेग्लै थियो । २५ बर्षकी सुल्तानाको अनुसार – ''यो पहिलो मौका हो, मा स्टेडियम गएँ र मैले पनि एक साऊदी नागरिक जस्तो महशुस गरें । अब म देशमा जता पनि जान सक्छु ।'' सुल्तानाले आफ्नो गालामा हरियो र सेतो रंगको साउदीको झण्डा बनाएका युवतीहरुको साथमा यस कन्सर्टमा सहभागी भएकी थिइन् । 

सुल्तानाले झैं यस स्टेडियममा हजारौं परिवार पहिलो पटक एकैसाथ आफ्नो घरको महिलाहरुसंग संगै स्टेडीयम पुगेका थिए । त्यहाँ, एकल पुरुषहरुको लागि भने छुट्टै गेट थियो ।


ताबुकका उम अब्दुलरहमानले भने, ''हामीलाई आशा छ कि भविष्य मा यहाँ स्टेडियममा प्रवेशलाई लिएर कुनै प्रकारको बन्देज हुनेछैन ।

कयौं फुटबल म्याच भईसकेको यस स्टेडियममा सिर्फ पुरुषहरु मात्र छिर्न सक्थे, महिलाहरुलाई यहाँ प्रवेश गर्न निषेध गरिएको थियो । 

साउदी अरबलाई संसारकै सबैभन्दा कट्टरपन्थी देश मान्ने गरिन्छ, यहाँ महिलाहरुको लागि निषेध धेरै छ । यहाँ महिलाहरुको लागि मेल गार्जियनशिप सिस्टम छ, जसको कारण यहाँ महिलाहरुलाई पढ्न बाहिर निस्कनको लागि पुरुष अभिवाकको अनुमति अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला