२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाद्वारा उत्तर कोरिया सहित तीनदेशका नागरिकलाई अमेरिका जान रोक

९ आश्विन २०७४, सोमबार २०:१३

असोज १०, वासिङटन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ । 

यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो । 

यस नयाँ नीतिको घोषणा अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार राति गरेको हो । ह्वाइटहाउसले विज्ञप्तिमार्फत यसको पुष्टी गरेको छ । 

पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ । 

यसअघि अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएका राष्ट्रहरुमा इरान, लिबिया, सोमालिया, सिरिया र यमन थिए । ती देशले अमेरिका प्रवेश गर्न नपाउने सूचना यसअघि घोषणा गरिएको ९० दिन पनि आइतबार नै सकिएको थियो । 

सोही मौकामा अमेरिकाले आइतबार अर्काे व्यवस्था नभएसम्मका लागि यी तीन समेत थप गरी आठ देशले अमेरिका प्रवेश नपाउने सूचना जारी गरेको घोषणा गरेको छ । 

यस देशहरुबाट आउने नागरिकलाई रोक्नुको कारण विशेषगरी सुरक्षा खतरा नै रहेको अमेरिकाले जनाएको छ । 

अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतङ्ककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको आइतबार अबेर राती राष्ट्रपति ट्रम्पले घोषणा गर्नु भएको हो । 

उत्तर कोरिया र चादका नागरिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ । 

भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा कामगर्ने नागरिक, विदेश तथा गृहमन्त्रालयका अधिकारी एवम् सेना प्रहरीमाथि लगाइएको छ । 

राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाउनुभएका छ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ । 

उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यस अघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सिमीत नरहेको बताइएको छ । 

नयाँ देशहरु उत्तर कोरिया, चाद र भेनेजुएलामाथिको या् प्रतिबन्धको नियम अगामी अक्टोबर १८ बाट लागू हुने बताइएको छ । तर यसअघि नै प्रवेशाज्ञा पाइसकेकाहरुलाई भने यो नयाँ कानुन लागू नहुने स्पष्ट गरिएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ