2026-10-23 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चार वटा तेल ट्याङ्करलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो ।

मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन् । भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्याङ्करहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भन्नुभयो, “राष्ट्रपति ट्रम्प स्पष्ट हुनुहुन्छ—अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले संयुक्त राज्य अमेरिकामा घातक लागुपदार्थको बाढी ल्याइरहेको छ ।” उहाँले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागिरहने पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि संयुक्त राज्य अमेरिकालाई अस्थिर पार्ने उद्देश्यसहित ‘नार्को–आतङ्कवादी’ शासनको नेतृत्व गरिरहेको आरोप लगाउँदै आउनुभएको छ । पछिल्लो प्रतिबन्ध घोषणामा पनि यही दाबी दोहोरिएको छ । आधिकारिक सूचनाअनुसार प्रतिबन्धको दायरामा परेका जहाजहरूमध्ये केही भेनेजुएलासँग सम्बन्धित तथाकथित ‘छाया फ्लीट’ (स्याडो फ्लीट) का हिस्सा हुन्, जसले मदुरोको अवैध शासनलाई इन्धन आपूर्ति गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराइरहेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मदुरोको शासन प्रतिबन्धबाट जोगिन र प्रतिबन्धयोग्य गतिविधिहरू सहज बनाउन विश्वव्यापी जहाजहरूको छाया फ्लीटमा बढ्दो रूपमा निर्भर हुँदै आएको छ । यिनै माध्यमबाट शासनले आफ्ना अस्थिर गतिविधिहरूका लागि राजस्वसमेत आर्जन गरिरहेको छ । आजको कदमले भेनेजुएलाको तेल व्यापारमा संलग्नहरू अझै पनि गम्भीर प्रतिबन्धको जोखिममा रहेको सन्देश दिन्छ ।”

यसैबीच, राष्ट्रपति ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ता त्याग्नु ‘बुद्धिमानी कदम’ हुने टिप्पणी गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी मुलुकमाथि सैन्य तथा आर्थिक दबाब बढाइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो ।

मदुरोलाई जबरजस्ती सत्ताबाट हटाउने उद्देश्य नै प्रशासनको रणनीति हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्प अन्तिम नतिजाबारे स्पष्ट प्रतिबद्ध देखिनुभएन । तर उहाँले मदुरोलाई दिइएको सल्लाहबारे भने खुला रूपमा धारणा व्यक्त गर्नुभयो । “मलाई लाग्छ, सम्भवतः त्यस्तो हुनसक्छ”, उहाँले भन्नुभयो, “यो उहाँले के गर्न चाहनुहुन्छ भन्ने कुरामा निर्भर छ । मलाई लाग्छ, उहाँले सत्ता छोड्नु बुद्धिमानी हुनेछ । अब के हुन्छ, हामी हेर्नेछौँ ।”

राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथि अमेरिकालाई गम्भीर क्षति पुर्‍याएको आरोप पनि दोहोर्‍याउनुभयो । उहाँका अनुसार लाखौँ मानिस खुला सीमाबाट अमेरिका प्रवेश गरेका छन् । “उनीहरूले आफ्ना अपराधीहरू, बन्दीहरू, लागुऔषध व्यापारीहरू र मानसिक रूपमा अस्थिर तथा अयोग्य मानिसहरू हाम्रो देशतर्फ पठाएका छन्, अन्य कुनै पनि देशभन्दा बढी”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने