2026-10-03 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा गहिरिँदै मानवीय सङ्कट, दश लाखभन्दा बढीलाई आश्रयको खाँचो

संयुक्त राष्ट्रका महासचिवका प्रवक्ताको कार्यालयले शुक्रबार जनाएको अनुसार गाजामा अझै दश लाखभन्दा बढी मानिसलाई तत्काल आश्रय सहायता आवश्यक छ । यो सङ्ख्या गाजाको कुल जनसंख्याको करिब आधा हो ।

युद्धविरामपछि मानवीय सहयोगकर्ताले हजारौँ टेन्ट र सयौँ हजार तारपालिन तथा अन्य सामग्री वितरण गरे पनि आश्रयको आवश्यकता अझै कायम रहेको कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओचा) का अनुसार कठोर जाडोयामका कारण गाजामा धेरैजसो प्यालेस्टिनी परिवार वर्षा, हुरी र समुद्री छालले क्षतिग्रस्त अस्थायी टेन्टमा बस्न बाध्य छन् । यस अवस्थाले सबैभन्दा कमजोर परिवारहरू थप जोखिममा परेका छन् ।

यसैबीच, पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा काम गरिरहेका संयुक्त राष्ट्रका साझेदारहरूले ठोस फोहोर व्यवस्थापनमा गम्भीर चुनौती सामना गरिरहेका छन् । ल्यान्डफिलसम्म पुग्न नसक्नु, क्षतिग्रस्त पूर्वाधार र इन्धन अभावका कारण सङ्कलन गरिएको र थुप्रिएको फोहोरबीचको अन्तर बढ्दै गएको छ ।
यद्यपि यी अवरोधबीच पनि संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को सहयोगमा सञ्चालित टोलीहरूले युद्धविरामयता प्रत्येक महिना करिब एक हजार टन ठोस फोहोर हटाउँदै आएका छन्, जसले बालबालिका र उनीहरूका परिवारको स्वास्थ्य र कल्याण जोगाउन मद्दत पु¥याएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले डिसेम्बरमा जारी गरेको प्रतिवेदनमा ठोस फोहोर व्यवस्थापन सबैभन्दा बढी प्रभावित सेवामध्ये एक भएको उल्लेख गर्दै सीमित अस्थायी फोहोर थुपार्ने स्थल मात्र सञ्चालनमा रहेको बताएको छ, जसले वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढाएको छ ।
यसै साता जारी विज्ञप्तिमा संयुक्त राष्ट्रका विभिन्न निकाय र साझेदारहरू सम्मिलित अन्तर–एजेन्सी स्थायी समितिले इजरायली अधिकारीहरूलाई धेरै अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामाथि प्रतिबन्ध लगाउने योजनाप्रति पुनर्विचार गर्न आग्रह गरेको छ । समितिले ती संस्थाहरू ओकुपाइड प्यालेस्टिनी क्षेत्रमा मानवीय सहयोग सञ्चालनका लागि अत्यन्तै महत्वपूर्ण रहेको जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने