2026-10-03 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्नुभएको छ । ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यो प्रतिक्रिया आएको हो ।

मङ्गलबार (स्थानीय समय) कृषि–खाद्य, माछा, सामुदायिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित एक सरकारी कार्यक्रममा उहाँले भन्नुभयो, “हामी जनताको साथमा शासन गरिरहेका छौँ । भेनेजुएलाको सरकारले देश चलाउँछ, अरू कसैले होइन । भेनेजुएलालाई शासन गर्ने कुनै बाह्य एजेन्टहरू छैनन् ।” उहाँको भनाइ राज्य सञ्चालित टेलिभिजन भेनेजोलाना डे टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।

उहाँले पदच्युत राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गर्दै भइरहेको प्रदर्शनको पनि उल्लेख गर्नुभयो । गत जनवरी ३ को बिहान काराकासमा भएको अमेरिकी सैन्य कारबाहीपछि मदुरो दम्पतीलाई संयुक्त राज्य अमेरिकाले हिरासतमा लिएको थियो । रोड्रिगेजका अनुसार त्यसपछि भेनेजुएलाली जनताले सडकमा उत्रिएर आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

यद्यपि, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेजको वैधानिकतामाथि विपक्षी पक्षले गम्भीर प्रश्न उठाइरहेका छन् । विपक्षी नेता तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना मचाडोले उहाँमाथि भ्रष्टाचारमा संलग्न भएको तथा रुस र इरानसँग निकट सम्बन्ध रहेको आरोप लगाउनुभएको छ । एक अन्तरवार्तामा मचाडोले रोड्रिगेजलाई भेनेजुएलाको दमनकारी संयन्त्रसँग जोडिएको व्यक्तिका रूपमा चित्रित गर्नुभएको छ ।

यसबीच रोड्रिगेजले पछिल्ला घटनाक्रमका बाबजुद देश अझ बलियो बनेको दाबी गर्नुभयो । “चुनौती, आक्रमण र खतराहरूको सामना गर्दै हामी आध्यात्मिक रूपमा अझ सबल भएका छौँ”, उहाँले भन्नुभयो ।

रोड्रिगेजको प्रतिक्रिया ट्रम्पले भेनेजुएलामा ‘सङ्क्रमण प्रक्रिया’ अमेरिकी अधिकारीहरूले निरीक्षण गर्ने घोषणा गरेको एक दिनपछि आएको हो । ट्रम्पले भेनेजुएलाका अन्तरिम अधिकारीहरू अमेरिकासँग सहकार्य गर्न तयार रहेको पनि दाबी गर्नुभएको थियो ।

हालैको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा रोड्रिगेजले सात दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । राज्य प्रसारकसँग कुरा गर्दै उहाँले देशको रक्षा गर्ने क्रममा ज्यान गुमाउने युवा पुरुष र महिलाको सम्मानमा शोक अवधि तोकिएको बताउनुभयो ।

उहाँले हिरासतमा रहेका मादुरो र उहाँकी पत्नीलाई फिर्ता गर्न पनि आग्रह गर्नुभएको छ । दम्पती हाल न्युयोर्कस्थित एक हिरासत केन्द्रमा हुनुहुन्छ र सोमबार उहाँहरूले लागुऔषध तथा हतियारसम्बन्धी अभियोगमा आफूहरू निर्दोष रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने