2026-10-21 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो पहिलो ‘स्टेट अफ द युनियन’ सम्बोधनमार्फत देशको मुख्य राज्य–नियन्त्रित तेल उद्योगलाई विदेशी लगानीका लागि खुला गर्नुपर्ने आवश्यकता औँल्याउँदै संयुक्त राज्य अमेरिकासँग सम्बन्ध सुधार गर्न आह्वान गर्नुभएको छ ।

अमेरिकी प्रशासनले भेनेजुएलाको तेल निर्यातबाट प्राप्त आम्दानीमाथि नियन्त्रण गर्ने घोषणा गरेपछि राष्ट्रपति रोड्रिगेजले भेनेजुएलामा नयाँ नीतिगत दिशा निर्माण भइरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूलाई देशमा आएको नीतिगत परिवर्तनबारे विदेशी लगानीकर्तालाई जानकारी गराउन आग्रह गर्दै संसदलाई तेल क्षेत्रमा सुधारसम्बन्धी विधेयक पारित गर्न आह्वान गर्नुभयो ।

“विश्वसँग स्वतन्त्र व्यापार सम्बन्ध कायम गर्दै भेनेजुएलाले आफ्नो ऊर्जा उद्योगका उत्पादनहरू बिक्री गर्न सक्छ,” उहाँले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो ।

अमेरिकी दबाबपछि भेनेजुएलाको राजनीतिक अवस्था नयाँ मोडमा पुगेको बताउँदै रोड्रिगेजले स्वास्थ्य सेवा र सार्वजनिक पूर्वाधार सुधारका लागि तेल बिक्रीबाट प्राप्त आम्दानी दुईवटा सार्वभौम कोषमार्फत प्रयोग गरिने जानकारी दिनुभयो। हाल देशका धेरै अस्पतालहरूमा अत्यावश्यक उपकरण र सामग्रीको गम्भीर अभाव देखिएको छ ।

यद्यपि उहाँले पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी नियन्त्रणमा लिएको घटनालाई दुई देशबीचको सम्बन्धमा ‘दुर्भाग्यपूर्ण दाग’ को संज्ञा दिनुभयो, तर अमेरिकासँग कूटनीतिक संवाद पुनः सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको छोटो र संयमित सम्बोधन शैली अघिल्ला नेताहरूको कडा अमेरिकी विरोधी भाषणभन्दा फरक देखिएको विश्लेषकहरूले बताएका छन् ।
“हामी कूटनीतिसँग डराउनु हुँदैन,” रोड्रिगेजले भन्नुभयो, “राजनीति घृणा र असहिष्णुताबाट सुरु हुनु हुँदैन ।”
यसैबीच, उहाँले मादुरो शासनकालमा थुनामा परेका कैदीहरू क्रमशः रिहा गरिने प्रतिबद्धता जनाउनुभएको छ । तर मानवअधिकार संस्थाहरूले रिहाइको सङ्ख्या सरकारले दाबी गरेजति नभएको जनाएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार रोड्रिगेज प्रशासनले आर्थिक रूपमा अमेरिकासँग सहकार्य बढाउने तर राजनीतिक संरचना यथावत् राख्ने रणनीति अपनाएको देखिन्छ ।

देशभित्र भने राजनीतिक अनिश्चितता कायमै छ । कराकासका सडकमा सरकारी समर्थनमा प्रदर्शनहरू भइरहेका छन् भने सर्वसाधारण नागरिकहरू खुलेर आफ्नो धारणा व्यक्त गर्न डराइरहेका छन् ।

विश्लेषक डेभिड स्मिल्डेका अनुसार, “सरकारले अमेरिकी आलोचना जारी राखे पनि व्यवहारिक रूपमा आर्थिक सहकार्यतर्फ अघि बढेको देखिन्छ ।”

भेनेजुएलाको वर्तमान राजनीतिक भविष्य अझै अस्पष्ट रहे पनि अन्तर्राष्ट्रिय समुदायको चासो तीव्र रूपमा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ