२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा तेस्रो विश्व युद्वको निमन्त्रणा !

२०७४, २७ आश्विन शुक्रबार ०३:४४

असोज २७, एजेन्सी । उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनाबको चर्चा विश्वभरी छ । दुवै देशले आफ्नो घमण्ड नछाड्दा त्यसको प्रभावले तेश्रो विश्व युद्ध निम्त्याउने खतरा बढेको विश्लेषण गरिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरेको बताएका छन् ।

उत्तर कोरियाली सञ्चार माध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्वका लागि आगो बालिरहेको आरोप लगाइरहेका बेला रसियाको यो भनाइबाट अमेरिकालाई थप आरोपमा बल मिलेको छ ।

संयुक्त राष्ट्रसंघको बैठकका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका कारण अमेरिका लगायत आफ्ना गठबन्धन राष्ट्रहरूमा कुनै समस्या आए उत्तर कोरियालाई पूर्ण रूपमा ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए । त्यसो त अघिल्लो बैठकमा ट्रंपले उत्तर कोरियालाई बिभिन्न अभिव्यक्ति दिदै आएका छन् । 

अमेरिकी राष्ट्रपतिको भनाई प्रति जवाफ दिँदै उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई भुकिरहेको कुकुरको संज्ञा दिएका थिए । अमेरिकाका कारण सम्पूर्ण विश्वले दुःख पाउने स्थिति आउनसक्ने उत्तर कोरियाले जनाइसकेको छ । उत्तर कोरियाले अमेरिकासँग नझुक्ने र उसँग सामना गर्न सक्ने क्षेमता आफुसँग रहेकको बताईरहेको बेला अमेरिकाले उत्तर कोरियाको आकाशमा बम बर्षक बिमान उडाउनुलाई पनि युद्धको संकेत मानिएको छ ।

केही दिन अगाडि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको बर्षौंदेखिको वार्ता नतिजामुखी नभएको भन्दै उत्तर कोरियामाथि आक्रोश व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग वार्ता थालेको करिब २५ वर्षको अवधिमा कुनै पनि नतिजा नआएको भन्दै उत्तर कोरियामाथि एउटै उपाय मात्रै काम गर्न सक्ने बताएका थिए।

उत्तर कोरियाली नेता किमले भने अर्को परमाणु हतियारको परीक्षणका लागि तयारी गर्नका लागि आफ्ना सेनाहरूलाई निर्देशन दिएको उल्लेख गरेका छन् । यसरी दुवै देश एकअर्को प्रति आक्रोशित बन्दा तेश्रो विश्वयुद्धको निम्तिने खतरा रहेको विश्लेषण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित