२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियालाई अमेरिकी राष्ट्रपति ट्रम्पको दिए यस्तो खतरनाक चेतावनी

२२ कार्तिक २०७४, बुधबार ०८:५६

कात्तिक २२, सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिनुभएको छ । मङ्गलबार दक्षिण कोरिया पुग्नुभएका उहाँले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राख्नुभएको हो । 

दक्षिण कोरियाको संसदलाई बुधबार बिहान सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएका उहाँ जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको हो । 

आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा निकै आक्रामक बन्दै आउनुभएका राष्ट्रपति ट्रम्पले बुधबार बिहान दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै अमेरिकालाई कमजोर नठान्न पनि उत्तर कोरियालाई चेतावनी दिनुभएको छ । 

उहाँले भन्नुभयो– उत्तर कोरियाजस्ता क्रुर र तानाशाहले अमेरिकालाई कमजोर ठान्ने होइन, आवश्यक पर्दा अमेरिकाले पनि देखाइदिनसक्छ । 

गएको २४ बर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको हैसियतमा कोरिया पुग्नुभएका ट्रम्पले उत्तर कोरियाको निकै आलोचना गर्नुभयो । उहाँले उत्तर कोरियालाई अत्याचारी, क्रुर र तानाशाही शासको संज्ञा पनि दिनुभयो । 

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । उत्तर कोरियाले दक्षिणका विरुद्धमा क्षेप्यास्त्र परीक्षण पनि गर्ने गरेको छ । 

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ । 

उहाँले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गर्नुभयो । उहाँले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गर्नुभएको थियो । 

उहाँले उत्तर कोरियाका विरुद्धमा संसदमा कडा सम्बोधन गरिरहँदा दक्षिण कोरियाका सांसदहरुले निकै उत्साहित भएर ताली ठोकेका थिए । उहाँको सम्बोधनको उनीहरुले समर्थन गरेका थिए । 

एसिया भ्रमणको मुद्धा उत्तर कोरिया 

उहाँको यस एसियाको भ्रमणको मुद्धा विशेषतः उत्तर कोरिया बनेको छ । उत्तर कोरियाको आणविक कार्यक्रम उहाँको मुद्धा बनिरहेको उहाँका जापान र दक्षिण कोरिया भ्रमणका अभिव्यक्तिहरुले पनि देखाएको छ । 

राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गर्नुभएको थियो । 

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलबार मात्र गर्नुभएको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गर्नुभएको थियो । 

एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा उहाँका समकक्षी मुन जाय इनसँग पत्रकार सम्मेलनमा बोल्दै सो धारणा राख्नुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि भने आवश्यक परेमा उत्तर कोरियाका विरुद्धमा अमेरिकाले आक्रमण पनि गर्नसक्ने चेतावनी दिनुभएको थियो । उहाँले एसियाका पाँच देशको भ्रमणमा हुनुहुन्छ । 

तर यी सबै देशको भ्रमणमा पनि उहाँको मुद्धा उत्तर कोरिया र विशेषगरी यसको परमाणु हतियारको महत्वाकांक्षा बनेको छ । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित सो विशेष पत्रकार सम्मेलनमा ट्रम्प र मुन नै उत्तर कोरियाका विरुद्धमा खनिनुभएको थियो । उहाँहरुले उत्तर कोरियाका सामु परमाणु हतियारविहीन बन्नु बाहेकको अर्काे बिकल्प नरहेको कुरा बारम्बार दोहाराउनुभएको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुमै उत्तर कोरिया वार्ताको टेबलमा आएर सबै आफ्ना कुरा राख्ने र शान्तिपूर्ण रुपमा अघि बढ्न सकेमा मात्र उत्तरका लागि हित हुने सुझाव प्रस्तुत गर्नुभएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान