२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले बनायो बिजुली निकाल्ने सोलार राजमार्ग ! (भिडियो सहित)

१५ पुष २०७४, शनिबार १३:३७

पुस १५, बेइजिङ | चीनले विश्वलाई नै उछिन्दै पहिलो सोलार राजमार्ग निर्माण गरेको छ । एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ ।

यसका अलावा आउने दिनमा यो राजमार्गले विद्युतीय सवारीसाधनको पनि चार्ज गर्नेछ । पुर्वी चीनको शेनडोन्ग प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्गको परीक्षणका लागि यातायातका साधन खुल्ला गरिएको छ ।

यस्ता छन् सोलार मार्गको विशेषता 

चीनको सीसीटीभी न्युजका अनुसार सोलर राजमार्ग तीन लेयरमा बनाइएको छ। यसमा ट्र्यासलूसन्ट कं‌क्रिट, सिलिकन प्यानल्स र इन्‍सुलेशनको लेयर रहेका छन् ।

यो राजमार्गबाट एकै वर्षमा १० मिलियन अर्थात १ करोड किलोवाट बिजुली उत्पादन हुनेछ । चिसोको मौसममा यसले जमेको हिउँ पगाल्न स्नो मेल्टिन्ग सिस्टम र सोलर स्ट्रिट लाइटलाई पनि बिजुली आपूर्ति गर्नेछ ।

चीनले भविष्यमा यसै राजमार्गमार्फत विद्युतीय सवारीसाधन चार्ज गरिनेछ । यसका लागि राजमार्गबाट निस्कने बिजुलीलाई चार्जिङ स्टेशनमा आपूर्ति गरिनेछ ।


कति खर्च लाग्यो ?

एक किलोमिटरको सोलर राजमार्गमा ६३,२०० स्क्वायर फिटको क्षेत्र ढाकिएको छ। चीनको टोङ्गजी विश्वविद्यालयका ट्रान्सपोर्ट इन्जिनियरिङ्गका वैज्ञानिक झ्याङ्ग होङ्गचाओले भने, 'यो राजमार्गले सामान्य राजमार्ग भन्दा १० गुणा धेरै भार थाम्न सक्छ । तर यसको लागत प्रतिस्क्वायर मिटर ४५८ डलर अर्थात करिब ४० हजार नेपाली रुपैयाँ रहेको छ । जुन सामान्य राजमार्ग भन्दा धेरै महँगो हो ।

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला