२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र आफ्नै शहरमा खसेपछि…

२०७४, २२ पुष शनिबार १०:१४

पुस २२, काठमाडौँ । आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो । 

परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो । ‘दि डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा त्यसबारे चर्चा गरिएको छ । सम्पादक अंकित पाण्डा र ‘जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफिकेशन स्टडीज’का अनुसन्धानकर्ता डेभ सिजमर्लरले उक्त विश्लेषण लेखेका हुन् । 

सो विश्लेषणमा जनाइए अनुसार गत एप्रिल २८ तारिखमा उक्त घटना भएको थियो । अमेरिकी सरकारी स्रोतहरूका अनुसार उक्त क्षेप्यास्त्रको परीक्षण ठिक तरिकाले हुन नसकेपछि त्यो आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।

अंकित पाण्डाले भने, “क्षेप्यास्त्र परीक्षणका लागि तयार पारिएकै बेला इञ्जिनले काम गर्न छाड्यो जसका कारण क्षेप्यास्त्र आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।” उनले थपे, “क्षेप्यास्त्रमा तरल इन्धन हुन्छ र क्षेप्यास्त्र प्रक्षेपण गर्ने बेला ठूलो विस्फोट हुन्छ । 


यसको प्रमाण हामी भूउपग्रहबाट प्राप्त तस्वीरबाट पाउन सक्छौँ ।” उक्त क्षेप्यास्त्रको परीक्षण विफल हुँदा त्यसबाट हुन गएको नोक्सानीबारे भूउपग्रहबाट प्राप्त तस्वीरका आधारमा चाहिँ लख काट्न गाह्रो छ ।

टोकचोन शहरमा खसेको ह्वासङ-१२ नामक उक्त क्षेप्यास्त्र मध्यम दूरीको थियो । अरू बेलामा जस्तो प्योङयाङले सो क्षेप्यास्त्रबारे कुनै दावी गरेन तर अन्तर्राष्ट्रिय समुदायबाट उसको कडा आलोचना भयो । 

एप्रिलमा पाएको असफलतापछि मेमा दोस्रो पटक गरिएको उक्त क्षेप्यास्त्रको परीक्षण सफल भएको थियो । लगातार परमाणविक परीक्षण गरेका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना खेप्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय र अमेरिकी प्रतिबन्धका बावजुद उसले आफ्ना पारणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । गत नोभेम्बरमा अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको उत्तर कोरियाले त्यसको पहुँचमा पूरै अमेरिका भएको दावी गरेको थियो ।

नयाँ वर्षको शुभकामना दिँदै उत्तर कोरियाली नेता किम जाेन-अनले आफ्नो देशको परमाणु अस्त्रको बटन आफू नजिकै रहेको बताएका थिए । जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन ‘धेरै ठूलो’ र ‘झन् बढी शक्तिशाली’ रहेको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते