२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर किन घट्यो ?

५ माघ २०७४, शुक्रबार ०८:५६

माघ ५, बेइजिङ । चीनमा जन्म दर घटेको समाचार छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ । 

चीनको राष्ट्रिय तथ्याङ्क विभागले दिएको जानकारी अनुसार चीनमा गत वर्ष जम्मा १ करोड ७२ लाख बच्चा जन्मिएका छन् । तर त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने १ करोड ७९ लाख बच्चा जन्मिएका थिए । 

चिनियाँ सबै दम्पत्तिलाई पहिला दुई सन्तान जन्माउने अनुमति थिएन । चीनको एक बच्चा नीतिमा यहाँको सरकारले सन् २०१५ मा परिवर्तन गरेको थियो । त्यस यता चीनका सबै दम्पत्तिले दुई सन्तान जन्माउन पाउने अधिकार प्राप्त गरेका छन् । 

चीन सरकारले सन् १९७० को दशकदेखि नै एक बच्चा नीति अख्तियार गरेको हो । त्यसमा परिवर्तन गरी सन् २०१५ मा सबै दम्पत्तिले बच्चा जन्माउन पाउने बनाएको हो । 

यो नीति अख्तियार गर्ने बेलामा सन् २०१५ मा चीन सरकारले चीनमा अब धेरै बच्चा जन्मिन सक्ने र यसले देशको जनसङ्ख्या बढ्ने अनुमान गरेको थियो । 

तर सन् २०१७ को पछिल्लो परिणाम हेर्दा भने त्यसो हुन नसकेको देखिएको छ । त्यसैले यहाँका अधिकारीहरुले यसका कारणहरुको खोजी गर्ने जनाएका छन् । 

विशेषगरी यहाँका दम्पत्तिमा सानो परिवारको चाह बढ्दो रुपमा रहेको, महङ्गी आदि कारणले गर्दा थोरैमात्र बच्चा जन्माउने चाहना देखिएको पाइएको केही नीति निर्माताहरुको अनुभव छ । 

त्यसैगरी चिनियाँ नागरिकहरुले ढिला विवाह गर्ने गरेका कारणले गर्दा पनि जन्मदर त्यति धेरै नहुने अनुमान गरिएको छ । त्यसैले अब चीनमा एक मात्र बच्चा जन्माउने आमाबुबाहरुको सङ्ख्या नै धेरै हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उक्त समाचारमा जनाइएको छ । रासस/एपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला