२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा शक्तिशाली भूकम्प

२०७४, १७ माघ बुधबार १७:०७

माघ १७, इस्लामाबाद (रासस/सिन्ह्वा) | पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ६.२ म्याग्निच्युडको मापन गरिएको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ । 

यस भूकम्पमा परी एक बालकको मृत्यु भएको र अन्य नौ जना घाइते भएका सो विभागले जानकारी दिएको छ । 

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानको लसबेला जिल्लाको बेला शहरमा माटोबाट बनेका दुई वटा घर भत्किएपछि यसमा परी एक बालकको मृत्यु हुनुका साथै अन्य नौ घाइते भएका हुन् । भूकम्प प्रभावित इलाकामा उद्धारकर्ताको समूह परिचालन गरिएको छ । 

लसबेला जिल्लाका अस्पतालहरुमा राज्य सङ्कटको समेत घोषणा गरिएको छ । राजधानी इस्लामाबादबाट दक्षिणपश्चिममा पर्ने बलोचिस्तान प्रान्तको विभिन्न भागलगायत खैबर पाख्तुनख्वा र पूर्वी पञ्जाव पनि यस भूकम्पबाट प्रभावित भएको बताइएको छ । 


स्थानीय समयानुसार बुधबार मध्याह्न १२ः७ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दू कुश क्षेत्रमा १६९ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । पाकिस्तान बारम्बार भूकम्पको प्रकोपले सताउने देशको रुपमा पर्दछ । 

सन् २०१५ को अक्टोबरमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २८० व्यक्तिको मृत्यु हुनुका साथै अन्य १९ सय व्यक्ति घाइते भएका थिए ।  

सन् २००५ को अक्टोबरमा नै ७.४ म्यानिच्युडको भूकम्पमा परी ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी