२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएपछि…

२० माघ २०७४, शनिबार १६:००

भारतका प्रहरीहरूले १३ जना विद्यार्थीहरुलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएर दण्ड दिने एकजना प्रधानाध्यापिका विरूद्ध उजुरी दर्ता गरेका छन्।

ती प्रधानाध्यापिका सुशान्ती हेमब्रोमले ९ बर्षका ती विद्यार्थीमध्ये कसले कक्षाको अर्को सहपाठीबाट पैसा चोरेको थियो भनेर पत्ता लगाउने प्रयास गरेकी थिइन्।

भारतको पूर्वी प्रान्त झारखण्डको एउटा निजी विद्यालयमा बुधवार यो घटना भएको थियो।

त्यसको भोलिपल्टै विद्यार्थीका अभिभावकले गुनासो गरेपछि उनलाई निलम्बन गरिएको थियो।

Photo: Getty Image 

गल्ती

प्रहरीले बीबीसी हिन्दीका रवि प्रकाशलाई दिएको जानकारी अनुसार ती शिक्षिकाले दोषी विद्यार्थीले डरले आफ्नो गल्ती स्वीकार गर्लान भनेर त्यसरी दण्ड दिएकी थिइन्।

तर सबै विद्यार्थीहरुले शिक्षिकाले भनेजस्तै गरे र जलिरहेको मैनबत्तीमाथि आफ्ना हात राखे।

उनीहरुमध्ये केहिले तत्कालै आफ्नो हात हटाएको भएपनि ७ जनाको हात जलेर घाउ लागेको छ।

कम्तीमा एक जना विद्यार्थी, जसलाई दबाब दिएर हेमब्रोमले मैनबत्तीमाथि हात राख्न लगाइरहिन्, उसलाई नराम्रोसँग पोलेपछि अस्पतालमा भर्ना गर्नु परेको थियो।

ती विद्यार्थी बिहीवार अस्पतालबाट फिर्ता भएको जनाइएको छ।

प्रहरीले ती प्रधानाध्यापिकाले आफ्नो गल्ती स्वीकार गरेको जनाएको छ।

दण्ड

उनले आफूबाट 'ठूलो भुल' भएको स्वीकार गर्दै विद्यार्थी तथा उनीहरूका अभिभावकसँग माफी मागेकी थिइन्।

भारतका विद्यालयहरुमा विद्यार्थीहरुलाई कडा शारीरिक दण्ड दिन प्रतिबन्ध लगाइएको छ।

तर विद्यार्थीहरुलाई त्यस्ता दण्ड दिने घटना त्यहाँका लागि नौला होइनन्।

अझ कतिपय स्थानमा त विद्यार्थीहरुलाई नाङ्गो बनाएर समेत सजाय दिने गरिन्छ।

मार्च २०१७ मा उत्तर प्रदेशको एउटा विद्यालयले महिनावारीका क्रममा निस्कने रगत जाँच्न भन्दै ७० जना १० वर्षका छात्रालाई एउटा आवासीय विद्यालयमा नग्न हुन लगाएको थाहा पाएपछि अभिभावकहरु स्तब्ध भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला