२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ हजार ५०० टन पेट्रोल बोकेको पानीजहाज बेपत्ता, जसमा थिए २२ भारतीय

२१ माघ २०७४, आईतवार १७:३८

माघ २१, नयाँदिल्ली (रासस/एएफपी) | पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन् । 

पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको छ । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको आशङ्का गरिएको समाचारमा जनाइएको छ । 

हङ्कङमा कार्यालय रहेको एङलो इस्टर्न जहाज कम्पनीले बिहीबारबाट जहाजसँग सम्पर्क टुटेको जनाएको छ । उसले खोजीका उपायहरु अवलम्बन गरिएको तर पत्ता नलागेको जनाएको छ । 

उक्त कम्पनीका अधिकारीहरुले आफ्नो पहिलो प्राथमिकता जहाजलाई सुरक्षित अवतरण गर्नु रहेको सो कम्पनीले ट्विटरमा लेखेको छ । 

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको तर जहाजको सम्पर्क सुत्र भने अहिलेसम्म पनि पत्ता नलागेको जानकारी दिनुभएको छ । 

स्थानीय सञ्चारमाध्यमहरुले पछिल्लो महिना भएको जहाज बेपत्ताको यो दोस्रो घटना भएको जनाएका छन् । 

गत जनवरीमा पनि यस्तै एक पानीजहाज बेपत्ता भएको थियो । बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहे नरहेको बारेमा भने केही पत्ता लागेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला