२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विमान दुर्घटना आतंककारी आक्रमणबाट होइन, मानवीय या प्राविधिक त्रुटिबाट’

२०७४, २९ माघ सोमबार १०:५७

माघ २९, रसिया । मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेर दुर्घटनामा परेको विमानका भग्नावशेष अहिले खोजी भइरहेको छ । 

मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात क्षेत्रमा रुसको आपतकालीन 

उद्धारकर्ताहरुले खोजी गरिरेहको अधिकारीहरुले बताइएका छन् । सो विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो । 


उक्त विमान सवार रहेका छ चालक दलका सदस्य ७१ व्यक्तिको मृत्यु भएको थियो । विमान उडेको केही समयमा नै भएको यस दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु पुष्टि भएको छ । 

विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि उडेको थियो । 

यस विमान दुर्घटना सम्बन्धी गठन भएको अनुसन्धान कमिटिले यो मानवीय गल्ती या प्राविधिक कठिनाई र मौसमको अवस्थाको कारण भएको हुनुपर्ने प्रारम्भिक अनुसन्धानमा बताएको छ । 

यसै हप्ता सो क्षेत्रमा भारी हिमपात भएकाले दुर्घटनाको कारण हिमपात नै भएको अनुमान पनि कमिटिको रहेको छ । तर आतङ्ककारी आक्रमणको भने कुनै सम्भावना नरहेको सो कमिटिको दाबी रहेको छ । 

एन्टोजोभ एन –१४८ विमान मस्को बाहिरी इलाकामा रहेको रमेनस्काई जिल्लामा खसेको थियो । सो दुर्घटना राजधाानीमा अवस्थित विमानस्थल डोमोडेडोभोबाट स्थानीय समयाअनुसार आइतबार अपराह्न २ः४८ मा विमान उडेको केही समयमा नै सो घटना भएको थियो । 

सो दुर्घटनामा परी ६५ जनायात्रु र ६ जना चालक दलका सदस्य मारिएका रुसको यातायात अनुसन्धान विभागले जानकारी दिएको छ । यस दुर्घटनामा परी तीन बालबालिका पनि मारिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते