२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह समारोहमा भाग लिन युएई पुगेकी चर्चित बलिउड नायिका श्रीदेवीको निधन

२०७४, १३ फाल्गुन आईतवार ०१:५९

फागुन १३, काठमाडौं | चर्चित बलिउड अभिनेत्री श्रीदेवीको शनिवार हृदयघातका कारण युएईको दुबईमा असामयिक निधन भएको छ। उनी ५४ वर्षकी थिइन् ।  एक विवाह समारोहका लागि छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन ।

श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मल्यालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन् । सन् १९७५ मा बलिउडमा बाल कलाकारका रूपमा प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेकी थिइन्। श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक हुन् ।

‘सद्मा’, ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘गुमराह’ जस्ता फिल्मक लागि चर्चित थिइन्। ‘जुदाई’मा काम गरेपछि उनले करिब १५ वर्ष अभिनयबाट ब्रेक लिएकी श्रीदेवी सन् २०१२ मा सबैको मन जित्दै ‘इङ्लिस भिङ्लिस’बाट अभिनयमा फर्केकी थिइन्। अन्तिम पटक उनले २०१७ मा ‘मम’ फिल्ममा काम गरिन्।


फिल्ममा दर्शकमाझ उनको जोडी विशेषगरी अभिनेता अनिल कपुरसँग चर्चित थियो। वास्तविक जीवनमा अनिल उनका देवर थिए। उनका अधिकांश सर्वाधिक सफल फिल्मका निर्माता पतिका फिल्मबाट पाएकी थिइन्।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् ।

८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । पछी उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते