२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह समारोहमा भाग लिन युएई पुगेकी चर्चित बलिउड नायिका श्रीदेवीको निधन

१३ फाल्गुन २०७४, आईतवार ०१:५९

फागुन १३, काठमाडौं | चर्चित बलिउड अभिनेत्री श्रीदेवीको शनिवार हृदयघातका कारण युएईको दुबईमा असामयिक निधन भएको छ। उनी ५४ वर्षकी थिइन् ।  एक विवाह समारोहका लागि छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन ।

श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मल्यालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन् । सन् १९७५ मा बलिउडमा बाल कलाकारका रूपमा प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेकी थिइन्। श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक हुन् ।

‘सद्मा’, ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘गुमराह’ जस्ता फिल्मक लागि चर्चित थिइन्। ‘जुदाई’मा काम गरेपछि उनले करिब १५ वर्ष अभिनयबाट ब्रेक लिएकी श्रीदेवी सन् २०१२ मा सबैको मन जित्दै ‘इङ्लिस भिङ्लिस’बाट अभिनयमा फर्केकी थिइन्। अन्तिम पटक उनले २०१७ मा ‘मम’ फिल्ममा काम गरिन्।


फिल्ममा दर्शकमाझ उनको जोडी विशेषगरी अभिनेता अनिल कपुरसँग चर्चित थियो। वास्तविक जीवनमा अनिल उनका देवर थिए। उनका अधिकांश सर्वाधिक सफल फिल्मका निर्माता पतिका फिल्मबाट पाएकी थिइन्।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् ।

८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । पछी उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला