२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा सी चिनफिङलाई तेश्रो पटक राष्ट्रपति बन्ने बाटो खुल्यो !

२०७४, १३ फाल्गुन आईतवार ०९:३९

फागुन १३, काठमाडौं | चीनमा २ पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने नियमलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले फेरबदल गर्ने भएपछी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक पनि राष्ट्रपति बन्ने बाटो खुलेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई हटाउने प्रस्ताव गरेपछि सीलाई फेरी राष्ट्रपति बन्ने बाटो खुलेको हो । 

धेरैले राष्ट्रपति सीले आफू तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्न चाहेको अड्कल गर्दै आएका थिए । यसै अनुरुप पार्टीमा ७ जनाको शक्तिशाली सदस्य चुन्नुपर्नेमा त्यसो गरिएको थिएन । पार्टीको परम्परा अनुसार चीनमा दोश्रो कार्यकाल राष्ट्रपति बनेको व्यक्तिलेनै भविष्यको लागि राष्ट्रपति र प्रधानमन्त्री छानेर शक्तिशाली ७ जनामा राख्ने चलन थियो । तर राष्ट्रपति सीले आफ्नो दोश्रो कार्यकाल सुरु हुंदा पुरानो नियमलाई वास्ता गरेनन् । यसैले पनि धेरैले उनि आफै तेश्रो कार्यकाल पनि राष्ट्रपति बन्ने दाउमा रहेको अड्कल गरेका थिए । 

पछिल्लो समय पार्टीको केन्द्रीय समितिलेनै राष्ट्रपतिको कार्यकाल सम्बन्धि संविधान संशोधन गर्ने निर्णय गरेपछि पुराना अड्कल सत्य सावित भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते