२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाथरूममा मृत अवस्थामा भेटिएकी थिइन् श्रीदेवी, भारत ल्याउन मुकेश अम्बानीले दिए निजी विमान

१३ फाल्गुन २०७४, आईतवार १२:२६

फागुन १३, काठमाडौँ | बलीवुड अभिनेत्री श्रीदेवीको मृत्यु भएको खबर विश्वभर फैलिएको छ । यसैबीच उनको मृत सरिरलाई भारतको मुम्बई ल्याउन एसियाकै दोश्रा धनी मुकेस अम्वानीले साथ दिएका छन् । 

अम्बानीले श्रीदेवीको पार्थिव सरिरलाई भारत ल्याउन आफ्नो निजी बिमान दिने प्रस्ताव राखेको कुरा गल्फन्युजले अपडेट गरेको छ । श्रीदेवीलाई अम्बानीकै बिमानमा मुम्बई लगिने बताइएको छ  । 

दुबईको ख्यातीप्राप्त संचारमध्यम गल्फन्युज डट कमले दिएको जानकारी अनुसार श्रीदेवीको मृत्यु बाथरुममा भएको थियो । उसले लेखे अनुसार श्रीदेवीको पार्थिव सरिर आजसाँझसम्ममा मुम्बई लाइनेछ । श्रीदेवी जुन होटलमा आफ्ना पति र छोरीको साथमा बसेकी थिइन् सोहि होटलको बाथरुममा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै उनलाई होटलबाट सिधै दुबईको अल घुसेसमा रहेको पुलिस हेडक्वाटरमा लागिएको थियो । त्यसपछि पोस्टमार्टम गरिएको  थियो । 

गल्फ न्यूजमा लेखिएको समाचार अनुसार रातको समयमा वासरुममा उनको हृदयघात भएको थियो, र उनि त्यहि ठाउँमा लड्न पुगिन् । यस होटलको नाम इमारत टावर हो जसलाई ख्यातिप्राप्त होटल चेन जुमेरा ग्रुपले अपरेट गर्ने गरेको छ । 

श्रीदेवीको सरिरलाई भारत ल्याउनमा युएईस्थित इन्डियन एम्बेसीले सहयोग गरिरहेको छ । त्यहाँ भारत र दुबईका अधिकारीहरुले मिलेर फरेन्सिक रिपोर्ट तयार गर्ने कोसिस गर्दैछन् । श्रीदेवीको सरिरलाई भारत ल्याउन दुबईको कानुन अनुसार गर्नुपर्ने हुँदा केहि ढिलाई भएको बताइएको छ । उनको डेथ सर्टिफिकेट बनाउनु पर्ने हुन्छ, त्यस्तै पासपोर्ट समेत क्यान्सिल गर्नुपर्ने हुन्छ ।

दुबईमा भएको विवाह समारोहमा यो तश्विर श्रीदेवी आफैले इन्स्टाग्राम मार्फत सेयर गरेकी थिइन् ।

केहि दिन अघि मात्र श्रीदेवीसँग लिईएको यो सेल्फी फेशन डिजाइनर मनीष मल्होत्राले सोशल मिडियामा शेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला