२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईको स्वास्थ्य मन्त्रालयको रिपोर्ट: श्रीदेवीको मृत्यु पानीमा ‘डुबेर’!

२०७४, १४ फाल्गुन सोमबार १२:३१

फागुन १४, काठमाडौँ | भारतीय अभिनेत्री श्रीदेवीको मृत्युपछी पोस्टमार्टम रिपोर्ट आईसकेको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट आएको रिपोर्ट अनुसार रक्सिको नशामा श्रीदेवीको ब्यालेन्स बिग्रिएपछी बाथटबमा लडेर उनको मृत्यु भएको हुनसक्ने बताइएको छ । तर अहिलेसम्म मृत्युको यही कारण भनेर एकिन गरिएको छैन | रिपोर्टले डुबेर मृत्यु भएको देखाएको छ ।

रिपोर्ट अनुसार उनलाई कार्डिएक अरेस्ट भएको नभई डुबेर मृत्यु भएको हो । शनिवार उनको मृत्यु कार्डिएक अरेस्टको कारण भएको बताइएको थियो । बिभिन्न कारण उनको पार्थिव सरिर मुम्बई आउन ढिलाई हुन सक्ने बताइएको छ ।

दुबई प्रहरीले भने अनुसार श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको हो । चर्चित अभिनेत्री श्रीदेवीको फेब्रुअरी २४ मा दुबईमा निधन भएको थियो । उनी आफ्नो भतिजाको विवाहमा सहभागी हुन श्रीमान बोनी कपूर र सानी छोरी खुशी कपूरका साथ दुबई दिन गएकी थिइन् । 

अहिलेसम्म श्रीदेवीको पार्थिव शरीर भारत ल्याइएको छैन । पोस्टमार्टम रिपोर्ट र अन्य औपचारिकता पूरा गरेपछि मात्रै उनको पार्थिव शरीर भारत ल्याइनेछ । यसअघि श्रीदेवीको मृत्यु आकस्मिक हृदयघातका कारण भएको बताइएको थियो । 

५४ वर्षीया श्रीदेवीले आफ्नो पाँच दशकको फिल्मी यात्रामा झण्डै तीन सय फिल्ममा काम गरेकी छिन् । उनको जन्म अगस्ट १३, १९६३ मा तामिलनाडुमा भएको थिए । उनले चार वर्षको उमेरमै तामिल फिल्म ‘कंधन करुणई’ बाट अभिनय यात्रा सुरु गरेकि थिईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते