२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीदेवीको मृत्यु रहश्यमयी बन्दै: श्रीमान बोनी कपुरमाथिनै १० प्रश्न !

२०७४, १४ फाल्गुन सोमबार १८:५५

फागुन १५, काठमाडौँ | दुबईको होटल जुमेराह ईमारत टावरमा भएको श्रीदेवीको मृत्युको राज खुल्दै गईरहेको छ । भारतीय संचार माध्यमहरुले प्रत्यक घण्टा उनको मृत्युसँग जोडिएका नयाँ-नयाँ खुलाशा गरिरहेका छन् । 

मृत्युको कारण कार्डिएक अरेस्टबाट सुरु भएर रक्सि पिएको र बाथटबमा डुबेकोसम्म पुगेको छ । दुबई प्रहरीको बयान अनुसार, "श्रीदेवीले रक्सि पिएकी थिइन् र बाथरूममा अनकन्ट्रोल भएर बाथटबमा लडेकी थिइन् जहाँ उनको मृत्यु भएको थियो ।" मृत्युको घटनाक्रम र पछिल्लो रिपोर्टले कयौं यस्ता प्रश्न खडा गरिदिएको छ, जसले श्रीदेवीको मृत्युलाई थप रहश्यमयी बनाइदीएको छ … | यसै अनुरुपको आशंकामा दुबई प्रहरीले कपुरसँग ३ घण्टासम्म बयान लिएको बताइएको छ | त्यस्तै श्रीदेवीको कलरेकर्डमा पनि मगाइएको छ |


माथिको तश्विरमा: श्रीदेवी आफ्नो श्रीमान बोनी कपुरको साथमा ..

प्रश्न १:

बोनी कपूर आफ्नो भान्जाको विवाहमा श्रीमती र सानी छोरीसँग दुबई गएका थिए । तर विवाह सकिएलगत्तै उनि फर्किए । आखिर उनि एक दिनको लागि श्रीदेवीलाई छाडेर किन फर्किए ? फेरी श्रीदेवीलाई सरप्राइज दिन भन्दै किन दुबई फर्किए ? 

प्रश्न २:

डाक्टरहरुले प्रश्न गरेका छन् कि यदी बाथटबमा लडेर उनको मृत्य भएको हो भने श्रीदेवीको सरिरमा कुनै ठोक्किएको वा कुनै दाग किन छैन ?

प्रश्न ३:

आखिर श्रीदेवीले कति रक्सि पिएकी थिइन् ? जो आफै पनि कन्ट्रोल हुन सकीनन् ? किनकी उनको पारिवारिक साथी अमर सिंहले दिएको जानकारी अनुसार श्रीदेवी कहिलै हार्ड ड्रिंक (रक्सि) लिन्थीनन्, तर कहिलेकाहीं सार्वजनिक रुपमा वाइन सेवन गर्ने गरेकी थिइन् ।

प्रश्न ४:

यदी ३ औं प्रश्न सहि हो भने के उनलाई जबर्जस्ति वा करकापमा रक्सि पिलाईएको थियो र बाथटबमा फ्याकिएको थियो ? 

प्रश्न ५:

बाथरूममा श्रीदेवी छिर्नु अघिनै बाथटब पानीले कसरी भरिएको थियो ? के जाना-जान बाथटबमा पानी भरिराखिएको थियो ? 

प्रश्न ६:

बोनी कपूरले मृत्यु भएको थाहा पाए लगत्तै प्रहरीलाई फोन नगरी किन साथीलाई फोन गरे ?

प्रश्न ७:

पोस्टमार्टम रिपोर्टमा बाथटबमा डुब्नाले मृत्यु भएको कुरा भनिएको छ, जुन कुरा पत्यार लाग्दो छैन । किनकी त्यो बाथटब थियो, कुनै स्वीमिङ पूल थिएन, जसमा एउटी नर्मल मान्छे लडेर उठ्न सकेन ।


प्रश्न ८:

भान्जाको विवाह सकिएपछी श्रीदेवी आफ्नी बहिनीसँग दुबईमै बसेकी थिइन् । उनि आफ्नो बहिनीसँग समय बिताउन चाहन्थिन् । तर मीडिया रिपोर्टमा बताइएको छ कि श्रीदेवी मृत्यु अघि ४८ घण्टादेखि होटलबाट बाहिरनै निस्केकी थिईनन् ।

प्रश्न ९:

जब रात ९ बजे श्रीदेवीलाई यत्रो बज्रपात आईपर्यो, तब किन यो खबर आधी रातपछी मात्र बाहिर थाहा दीईयो ?

प्रश्न १०:

होटल स्टाफले कुराकानीको क्रममा बताएका छन् कि दुबईको समय अनुसार करीब रात १०:३० बजे श्रीदेवीले पानी अर्डर गरेकी थिइन् । सेवा दिनको लागि होटलको कर्मचारी करिव १५ मिनेटमा उनको कोठामा पुग्यो । उसले ढोकाको घन्टी बजायो, तर ढोका खुलेन । यस्तो अवस्थामा के आशंकाले होटलको अलार्म बटन दबाईयो र ढोका तोडियो ? भित्र जाँदा श्रीदेवी बाथरूम फ्लोरमा लडिरहेकी थिइन् । उनको पल्स चलिरहेको थियो । त्यसबेला ११ बजेको थियो । यदी घटना यस्तै भएको भने घटना थप रहश्यमयी बनेको छ । होटल स्टाफले भनेको कुराकानीलाई आधार मान्ने हो भने घटनामा बोनी कपूर गायब छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ