२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोनी कपूरलाई दुबई प्रहरीले सोध्यो ९ प्रश्न, कोठा नम्बर २२०१ को दृश्य पुन: खिचिन सक्ने

१६ फाल्गुन २०७४, बुधबार ०३:२५

फागुन १६, काठमाडौँ | श्रीदेवीको मृत्युको खबर अझै पनि रहश्यमयी नै छ । पीएम रिपोर्टपछी खुलासा भएको छ कि मृत्यु कार्डिएक अरेस्टबाट नभएर बाथटबमा डुबेर भएको थियो । उनको रगतमा अल्कोहलको मात्रा पनि देखिएको थियो । रिपोर्ट आएपछि दुबई प्रहरीले मुद्धा पब्लिक प्रसिक्यूटरलाई जिम्मा दिएको थियो । मृत्युको रहश्य समाधान गर्नको लागि श्रीदेवीको श्रीमान बोनी कपूर सहित होटलका स्टाफहरुलाई प्रहरीले बयान लिएको थियो । तल हेर्न सक्नुहुनेछ, प्रहरीले कस्ता प्रश्नहरु राखेको थियो ? 

मीडिया रिपोर्ट्सलाई आधार मान्ने हो भने पब्लिक प्रसिक्यूटरले बोनी कपूरलाई साढे तीन घण्टा बयान लिएको थियो, जसमा बिभिन्न कोणबाट प्रश्नहरु गरिएको थियो ।

प्रश्न १ – तपाइँले श्रीदेवीसँग भेटेर के कुरा गर्नुभयो ? 

प्रश्न २ – जब श्रीदेवी बाथरूमबाट बाहिर निक्लिनन् तब तपाईलाई के आशंका भयो ? 

प्रश्न ३ – बाथरूमबाट निक्लन ढिला भएपछी तपाइले के गर्नुभयो ? 

प्रश्न ४ – तपाइले होटलको बाथरुममा के देख्नुभयो ? 

प्रश्न ५ – श्रीदेवीलाइ बेहोश देखेपछी तपाइले के गर्नुभयो ? 

प्रश्न ६ – होटलको मेडिकल टीमलाई कसले सम्पर्क गर्यो ? 

प्रश्न ७ – तपाइले सबैभन्दा अगाडी कसलाई सम्पर्क गर्नुभयो ?

प्रश्न ८ – होटलको मेडिकल टीममा को-को थिए ?

प्रश्न ९ – प्रहरीलाई कसले फोन गरेर मृत्युको खबर दियो ? 

मीडिया रिपोर्ट्स अनुसार बोनी कपूरको अलावा तीन अरु व्यक्तिको बयान लिईएको थियो जो श्रीदेवीलाई अस्पताल लगिएको समय बोनी कपूरसँगै थिए । प्रहरीले २ डाक्टर र ५ अटेन्डेटको पनि बयान लिएको थियो । श्रीदेवीको कल डिटेल्स पनि अनुसन्धामा छ ।

श्रीदेवी दुबईको जुमेरा इमारत टावर्स होटलको कोठा नम्बर 2201 मा बसेकी थिइन् । त्यसै कोठाको वासरूममा उनि बेहोस भेटिएकी थिइन् । अब अड्कल काटिएको छ कि खोजतलासको क्रममा मृत्युको रहश्य पत्ता लगाउन कोठा नम्बर २२०१ मा पुरै दृश्य रि-क्रिएट गर्न सक्छ । जसले घटनाको सत्यता पत्ता लगाउन सहज हुने आशा गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला