२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई लक्षित गरी जुत्ता प्रहार

२७ फाल्गुन २०७४, आईतवार १७:४१

फागुन २७, लाहोर (रासस/एएनआई) | आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीसफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । 

जमिया नाइमिया नामक मश्जिदमा आयोजित मुश्लिम धर्मगुरु मफ्ती मोहम्मद हुसैन नाइमीको वार्षिक पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने क्रममा शरीफमाथि आक्रमण भएको बताइएको छ । 

पाकिस्तानमा पछिल्ला केही दिनमा उच्च स्तरीय राजनीतिक नेतृत्वलाई लक्षित गरी आक्रमण प्रयास भएका छन् । 

पूर्व प्रधानमन्त्री शरीफलाई जुत्ता आक्रमण प्रयास भएपनि शरीफले आफ्नो सम्बोधनलाई नरोके पनि छोट्ट्याउनु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

उहाँले मृतात्माको शान्तिका लागि प्रार्थना गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै छोटो मन्तव्य मात्र राख्नुभएको थियो । उक्त अवसरमा मृतक धर्मगुरू नाइमियाको जीवन र योगदानको पूर्व प्रधानमन्त्री शरीफले प्रशंसा गर्नुभएको थियो । 

आक्रमणकारीलाई सभामा उपस्थित समूहले समाती कुटपिट गरी पछि प्रहरीलाई जिम्मा लगाएका थिए । 

घटनाको अनुसन्धान शुरु भएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अतिविश्वास नदेखाउन पाकिस्तानी प्रतिपक्षी दल शेख रसिद् आग्रह गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको थियो । 

यसपहिले शनिबार पनि एक व्यक्तिले पाकिस्तानका विदेशमन्त्री खावाजा असिफलाई शरीफको दलको सम्मेलन भइरहेको स्थलमा मसी दलेका थिए । गत फेब्रुवरी २४ गते पनि पाकिस्तानी गृह, योजना विकास तथा सुधार मन्त्री अहसान एकवालमाथि सार्वजनिक सम्वोधनका क्रममा जुत्ता प्रहार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला