२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनाग्रस्त विमानका चालकले काठमाडौं उड्नुअघिनै राजीनामा दिएको खुलाशा

२०७४, ३० फाल्गुन बुधबार ०९:२९

फागुन ३०, काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघिनै राजिनामा बुझाएको खुलाशा भएको छ ।

उनका साथीहरुलाई उदृत गर्दै बंगलादेशी सञ्चारमाध्यमले लेखेको छ – ‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथीले प्रथम आलो पत्रिकासँग भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’

अविड र सह-पाइलट प्रिथुला रसिदसहित ४९ जनाले दुर्घटनाबाट ज्यान गुमाएका थिए । यूएस बंगला एयरलाइन्सका जनसम्पर्क अधिकारी क्यामरुल इस्लामले भने आफूलाई राजीनामा पत्रबारे कुनै जानकारी नभएको बताएका छन् ।

अविडका एक जना साथीले भनेका छन्, ‘यूएस बंगला एयरलाइन्सका एक जना उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथियोपियन एयरलाइन्समा काम गर्न थालेका थिए । उनीसँग अविड पनि नजिक भएकाले त्यस विमानमा अविड पनि काम गर्ने योजनामा थिए ।’

‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथीले प्रथम आलो पत्रिकासँग भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’

अविडको नजिकका पाइलटहरुले उनले राजीनामा दिइसकेपछि पनि विमान उडाउन लगाउनु नैतिक रुपमा पनि राम्रो नभएको बताएका छन् । यद्यपि, विमान दुर्घटनाको आधिकारिक कारण जान्नलाई थप अनुसन्धान जरुरी रहेको उनीहरुको भनाइ छ ।

उनीहरुले ब्ल्याक बक्सले त्यसको अनुसन्धान गर्न मुख्य भूमिका खेल्ने बताएका छन् । ब्ल्याक बक्सले विमान चालक र एयरपोर्टको कन्ट्रोल रुममा भएको कुराकानीलाई रेकर्ड गर्ने काम गर्छ ।

सन् २०१५ मे ६ मा अविडले यूएस बंगलामा काम गर्न थालेका थिए । उनी यूएस बंगला -८ क्यू ४०० नम्बरको विमानको चालक दलको सदस्यमध्येका प्रमुख थिए ।

बंगलादेशी वायु सेवामा सन् १९८४ मा प्रवेश गरेका उनी विमान चालकको प्रशिक्षक पनि थिए ।

उनको बंगलादेशको उत्तरामा घर छ, जहाँ उनको श्रीमती र छोरासँग बस्थे । सञ्चारमाध्यमहरुले उनकी श्रीमतीसँग कुरा गर्न खोजे पनि उनी बोल्न चाहिनन् ।

— एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते