२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले गर्यो काबुल आक्रमणको निन्दा

८ चैत्र २०७४, बिहीबार ११:२४

चैत ८, नयाँदिल्ली | बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ । 

अफगानिस्तानको राजधानी काबुलमा पर्सियाली समुदायले नयाँवर्ष मनाउन आयोजना गरिरहेको एक समारोहमा विस्फोटक पदार्थले आक्रमण गरी ३३ जनाको हत्या गरिएको थियो । 

नयाँवर्ष मनाउन आयोजित सो समारोहमा मारिनेमा अधिकांश किशोरकिशोरी परेका बताइएको छ । उक्त बम हमलाको घटनामा परी अरु कम्तिमा पनि ५२ जना घाइते भएका छन् । 

भारतीय विदेशमन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो आतंककारी हमलाको निकै कडा शब्दमा निन्दा गरिएको छ । 

सो विज्ञप्तिमा भनिएको छ– नागरिकले आफ्नो संस्कार संकृति मनाउन र शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना क्रियाकलापहरु गर्न पाउने अधिकारविरुद्धको यो जघन्य अपराध हो । 

यस घटनाको इस्लामिक स्टेट् समूहले जिम्मेवारी लिएको छ । अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिबान समूहले भने यस घटनामा आफ्नो संलग्नता नरहेको जनाएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला