२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले गर्यो काबुल आक्रमणको निन्दा

२०७४, ८ चैत्र बिहीबार ११:२४

चैत ८, नयाँदिल्ली | बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ । 

अफगानिस्तानको राजधानी काबुलमा पर्सियाली समुदायले नयाँवर्ष मनाउन आयोजना गरिरहेको एक समारोहमा विस्फोटक पदार्थले आक्रमण गरी ३३ जनाको हत्या गरिएको थियो । 

नयाँवर्ष मनाउन आयोजित सो समारोहमा मारिनेमा अधिकांश किशोरकिशोरी परेका बताइएको छ । उक्त बम हमलाको घटनामा परी अरु कम्तिमा पनि ५२ जना घाइते भएका छन् । 

भारतीय विदेशमन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो आतंककारी हमलाको निकै कडा शब्दमा निन्दा गरिएको छ । 

सो विज्ञप्तिमा भनिएको छ– नागरिकले आफ्नो संस्कार संकृति मनाउन र शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना क्रियाकलापहरु गर्न पाउने अधिकारविरुद्धको यो जघन्य अपराध हो । 

यस घटनाको इस्लामिक स्टेट् समूहले जिम्मेवारी लिएको छ । अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिबान समूहले भने यस घटनामा आफ्नो संलग्नता नरहेको जनाएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते