२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रामक समाचार लेख्नेलाई दश बर्ष जेल सजायको प्रस्ताव

१२ चैत्र २०७४, सोमबार १६:४६

चैत १२, क्वालालम्पुर (रासस/एएफपी) | मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ । 

प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताउनु भयो । 

प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ । 

भ्रामक समाचारको दुरुपयोग निर्वाचनको बेला अत्याधिक हुने भएकाले निर्वाचन अगाडी नै त्यसलाई लागु गर्न सरकारले तयारी गरेको हो । 

विपक्षी दलका सांसदहरुले भने यस्तो व्यवस्था गर्न लागिएकोमा विरोध जनाएका छन् । विपक्षी सांसद कारलस सान्तीयागोले विपक्षीलाई जवरजस्त मौन बनाउनका लागि शक्तिशाली हतियारको रूपमा यो कानुन बनाउन लागिएको आरोप लगाउनुभयो । 

प्रस्तावित मस्यौदामा भ्रामक समाचारलाई विश्वव्यापी समस्याको रुपमा चित्रित गर्दै दण्ड र सजायको व्यवस्था अत्यावश्यक भएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला