२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

५ बैशाख २०७५, बुधबार ०८:३०

वैशाख ५  वासिङटन | अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ । 

लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उहाँको अहिले निधन भएको हो । 

उहाँले जीवनको अन्तिम दिनहरुमा आफन्तसँग बस्न चाहेको भन्दै अस्पतालमा बस्न अस्विकार गर्दै आउनु भएको थियो । 

स्वर्गिय बारबारा बुस उहाँका श्रीमान जर्ज बुस सन् १९८९ र १९९३ मा गरी दुई पटक अमेरिकाको राष्ट्रपति भएका बेला प्रथम पहिलाको रुपमा प्रशंसनीय भूमिका खेल्नु भएको थियो । 

उहाँ सन् २००१ र सन् २००९ मा राष्ट्रपति हुनुभएका जर्ज डब्लु बुसकी आमा समेत हुनुहुन्छ ।

 श्रीमान् र छोरालाई राष्ट्रपति भएको देख्ने उहाँ एक मात्र अमेरिकी महिला हुनुहुन्छ । 

त्यस बाहेक उहाँ साक्षरता अभियान्ताका रुपमा संसारभरी चिनिनुहुन्छ । उहाँले जीवनको अन्तिम समयसम्म पनि साक्षरता अभियानका बारेमा चिन्ता, चासो र सक्रियता देखाईरहनु भएको बताइएको छ । 

“जीवनको अन्तिम घडीसम्म पनि उहाँले हामीलाई पथ प्रदर्शकको रुपमा घच्घच्याईरहनु भयो, बारबारा बुस जस्तो आमा पाउनु मेरोलागि भाग्यको कुरा हो, उहाँलाई गुमाउनु पर्दा हाम्रो परिवारले रित्तो महसूस गरेका छौ, साथै उहाँको लागि प्राथना गरिदिनु भएका सवैप्रति हार्दिक धन्यबाद दिन चाहन्छु,” जर्ज डब्लु बुसद्धारा जारी वक्तव्यमा भनिएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पनि उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । 

राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसद्धारा जारी वक्तव्यमा उहाँलाई लामो समयसम्म सम्झिरहने र उहाँ सधै अमेरिकी र परिवारको लागि प्रेरणाको श्रोत भईरहने उल्लेख गरिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान