२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिणी जापानमा ज्वालामुखी विष्फोट, नागरिकहरुमा अलर्ट रहन आग्रह

६ बैशाख २०७५, बिहीबार १४:१६

वैशाख ६, टोकियो | जापानको दक्षिण हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । 

ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ । 

जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ । 

साइतोले टेलिभिजनमार्फत गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको छ । 

माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामूखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ । 

उक्त निकायले ज्वालामुखी बिस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कारण उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ । ज्वालामूखीका कारण ४०० मिटर माथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय समाचारमाध्यमले जनाएको छ । 

स्थानीय सञ्चारमाध्ययमले ज्वालामूखीको समय खिचिएका दृष्यचित्रहरूलाई प्रशारण गरेका थिए । 

जापानको उत्तरपश्चिमी क्षेत्रमा यस वर्षको जनवरीमा पनि प्रसिद्ध स्की रिसोर्टमा विस्फोट भएको थियो जसका कारण एक जापानी सैनिकको मृत्यु भएको थियो । 

त्यसैगरी सन् २०१४ को सेप्टेम्बर २७ मा माउन्ट अनटेक क्षेत्रमा ९० वर्षपछि ज्वालामूखी विस्फोट हुँदा स्की र हिमाली पर्यटनका लागि गएका करिब ६३ जनाको ज्यान गुमेको थियो । जापानका हिमाली क्षेत्रलाई ज्वालामूखी विष्फोटका हिसावले अतिसम्वेदनशील क्षेत्र मानिन्छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला