२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालबालिकाले जिस्काएको बदला लिन चक्कू प्रहार गर्दा सातको मृत्यु, १२ जना घाइते

१४ बैशाख २०७५, शुक्रबार १९:३३

वैशाख १५, बेइजिङ | चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । 

स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ । 

एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा एक जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घाइते सवै बालबालिकाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । 

स्थानीय सुरक्षा प्रशासनले घटनामा पाँच बालिका र दुई बालकको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेहरूमा नौजना छात्रा र दुई छात्र रहेका छन् । मृतक तथा घाइते सवैजना १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरू रहेका बताइएको छ । 

झाओ थर भएका मिझी ‘काउन्टी’ झाओजिआसान गाउँका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्ने क्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको थाहा भएको प्रहरीले बताएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला