२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चामलबाट बनेको घरेलु मदिरा सेवनबाट ११ को मृत्यु

२०७५, २४ बैशाख सोमबार ११:५९

वैशाख २४ न्हेमपेन्ह | कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ । 

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकोले उक्त मदिराको सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ । 

उक्त मदिरा सेवनका कारण अन्य १३८ व्यक्ति बिरामी भई अस्पताल भर्ना भएका पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

चिटबोरे जिल्लाको स्रेनोन र आलोच गाउँको कान्टुओट समुदायमा सो दुर्घटना भएको जारी विज्ञप्तिमा थप जानकारी दिइएको छ । 

सो मदिरा सेवनबाट पेटदुख्ने र वान्ता हुने जस्ता समस्या आएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुमध्ये ११ जनाको अस्पतालमै मृत्यु भएको बताइएको छ । 

उपचारको लागि भर्ना भएकाको स्वास्थ्य अवस्थामा गरिएको अनुसन्धानबाट उक्त मदिरा नै विषाक्त पाइएको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते