२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्यामा बाँध फुट्दा मृत्यु हुनेको संख्या ४४ पुग्यो

२०७५, २८ बैशाख शुक्रबार ११:२८

वैशाख २८ केन्या | केन्याको नाकुरु प्रान्तमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४४ नागरिकको मृत्यु भएको छ । 

यसअघि बिहीबार भएको यस घटनामा ३२ जनाको मृत्यु भएको जनाइएको थियो । त्यसमा परी ज्यान जाने व्यक्तिको संख्या बढेको हो । 

बाँध भत्किएपछि बाँधको वरपर रहेका झण्डै २५ सय स्थानीय बासिन्दा सुरक्षित स्थानमा लगिएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका थिए । 

क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले केही व्यक्ति हराइरहेको हुनाले मृतकको संख्या अझै पनि बढ्न सक्ने अनुमान गरिएको बताउनु भयो थियो । 

बाँध भत्किएपछि आएको पानीको बेगका कारण घर, विद्यालय भवन र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । 

प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयम्सेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए ।

उद्धार टोलीले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेका थिए । 

हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरूले बताएका छन् । 

प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाउँतिर गएकाले ठूलो क्षति भएको हो । 

केन्यामा केही हप्तायता बाढी पहिरोका कारण देशभर कुल १७२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी २ लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ