२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्यामा बाँध फुट्दा मृत्यु हुनेको संख्या ४४ पुग्यो

२८ बैशाख २०७५, शुक्रबार ११:२८

वैशाख २८ केन्या | केन्याको नाकुरु प्रान्तमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४४ नागरिकको मृत्यु भएको छ । 

यसअघि बिहीबार भएको यस घटनामा ३२ जनाको मृत्यु भएको जनाइएको थियो । त्यसमा परी ज्यान जाने व्यक्तिको संख्या बढेको हो । 

बाँध भत्किएपछि बाँधको वरपर रहेका झण्डै २५ सय स्थानीय बासिन्दा सुरक्षित स्थानमा लगिएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका थिए । 

क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले केही व्यक्ति हराइरहेको हुनाले मृतकको संख्या अझै पनि बढ्न सक्ने अनुमान गरिएको बताउनु भयो थियो । 

बाँध भत्किएपछि आएको पानीको बेगका कारण घर, विद्यालय भवन र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । 

प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयम्सेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए ।

उद्धार टोलीले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेका थिए । 

हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरूले बताएका छन् । 

प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाउँतिर गएकाले ठूलो क्षति भएको हो । 

केन्यामा केही हप्तायता बाढी पहिरोका कारण देशभर कुल १७२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी २ लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला