२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण: चार जनाको मृत्यु, अरु कैयौँ घाइते

२ जेष्ठ २०७५, बुधबार ११:२०

जेठ २, जकार्ता | इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ । 

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्काे प्रान्त रियाउमा बम हानिएको छ । 

बुधबार बिहान राजधानी जकार्ताबाट केही परको रियाउ प्रान्तको प्रहरी मुख्यालयमा आतंककारीहरुले बम हमला गरेका थिए । सो हमलामा भने तीनजना हमलाकारीकै मृत्यु भएको थियो । 

प्रहरीकाअनुसार सो प्रहरी चौकीमा प्रहरीको सेतो भ्यानमा आएका आठजना आतंककारी हतियारधारीले बम आक्रमण गरेका थिए । तर त्यस आक्रमणमा चार जना आत्मघाती हमलाकारी नै मारिएका छन् । 

अरु केही घाइते भएका छन् । प्रहरीको कारबाहीबाट केही घाइते भएका तथा भागेका बताइएको छ । यस आक्रमणबाट प्रहरीतर्फ भने कुनै क्षति भएको छैन । 

उता इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा गएको आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका ११ जनाको ज्यान गएको प्रहरीले जनाएको थियो । 

आतंककारीहरुले सोमबार र मंगलबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए । 

बुधबार हमला गर्ने आत्मघातीको परिचय खुलेको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको पूर्वसन्ध्यामा बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ । 

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले विभिन्न समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाली मुस्लिमले यसै हप्ता रमादानको ब्रत बस्ने तयारी गरिरहेका छन् । 

त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…